एपिएफलाई पन्छाउदै आयोजक आर्दश क्लव फाइनलमा

पोखरा २४, भदौं
घरेलु मैदानको फाईदा उठाउँदै आयोजक आर्दश क्लव लेखनाथको भण्डारढिकमा जारी रिद्धिसिद्धि सिमेन्ट २४ औं आर्दश कप फुटवल प्रतियोगिता २०७५ को फाईनलमा प्रबेश गरेको छ । प्रतिकुल मौसमका बाबजुत पनि क्लवले विभागिय टोली सशस्त्र प्रहरी वलको एपिएफ माथि ४–० को शान्दार जित हात पार्दै उपाधि नजिक पुगेको हो ।

आर्दश क्लवको जितमा विमल राना, देव प्रसुाद गुरुङ, शरेन क्षत्री र म्यान अफ दी म्याच घोषित भिसन गुरुङले एक÷एक गोलको योगदन दिए ।

आर्दश क्लवले भोलि हुने दोश्रो सेमिफाईनल खेल जाउलाखेल युथ क्लव र एन्फा स्याङजा बिचको विजेतासंग भदौं २७ गते फाईनल खेलमा प्रतिष्प्रर्धा गर्ने भएको हो ।

पहिलो हापमा गोल रहित खेल बराबरीमा टुंगिए पनि दोश्रो हाफको शुरुवातमा पेनाल्टी मार्फत एक गोलले पछि परेको ए्पिएफले कम व्याक गर्न सकेन । दोश्रो रोजाईका खेलाडीहरु ल्याएको एपिएफले दोश्रो हाफमा पहिलो रोजाइका गोलरक्षक अजित विक घाईते हुनु दुर्भाग्य भयोे ।

खेलको करिब १५ मिनेट बाँकी छदा रेडकार्ड पाएका एपिएफका विजयसिंह ठकुरी मैदानबाट बाहिरएका थिए । दोश्रो हाफको खेल सुरुभएसंगै ठुले बर्षा भएको थियो । केहि दर्शकले पानीमा भिज्दै फुटवल हेरेका थिए भने ।

एपिएफका कप्तान चक्र क्षेत्रीले रेफ्रिको गलत निर्णयको कारण, आफुहरुको पहिलो रोजाईको गोलरक्षक घाईते भएको हुँदा हार व्यहोर्नुपरेको बताए । आर्दशका प्रशिक्षक विश्वास गुरुङले आफुहरुले घरेलु मैदानको फाईदा उठाउन सक्दा जित सहज भएको बताए ।

 मंगलबार दोश्रो सेमिफाईनल खेल जाउलाखेल युथ क्लव र एन्फा स्याङजा बिच हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close