कास्कीमा फुटबल ग्रास रुटका कार्यक्रम धमाधम हुँदै

पोखरा, २३ भदौ ।
फुटबल खेललाई तल्लो तह बाट जग बलियो बनाउने लक्ष्यका साथ अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रिय कार्यक्रम अनुसार सुरु गरिएको ग्रास रुट लेभल फुटबल ट्रेनिङ कास्कीमा पनि धमाधम भइरहेका छन ।

हरेक शनिबार र सार्वजनिक विदाका दिन विभिन्न क्षेत्र गत ढङले कास्की एन्फाले विद्यलायका शिक्षक, विद्यार्थी र क्लबहरुलाई समेटेर कार्यक्रम गर्दै आइरेहको एन्फा कास्कीका महासचिब रमेश कार्कीले बताए ।

कास्की एन्फाले शनिबार ग्रास रुट सम्बन्धि छलफल कार्यक्रम पोखरा १५ नयागाँउ युथ क्लबको संयोजनमा सिद्ध पब्लिक कलेजमा सम्पन्न गरेको छ । पोखरा महानगर वडा नं १५ का वडा अध्यक्ष प्रकाश पौडेल प्रमुख आतिथ्यता तथा एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङको अध्यक्षतामा सम्पन्न भएको हो ।

सो अबसरमा वडा नं १५ का अध्यक्ष पौडेलले आफ्नो वडामानै टेक्निकल सेन्टर र खेलमैदान निर्माण मा प्रतिबद्धता जाहेर गरेका थिए । कार्यक्रममा एन्फा कास्कीका संस्थापक अध्यक्ष महेश गुरुङ, एन्फा कास्कीका उपाध्यक्ष जगत थापा, सचिब प्रितम गुरुङ लगाएतले ग्रास रुटको अपरिहर्याता र पोखरामा यथासिघ्र टेक्निकल सेन्टर स्थापना गर्ने विषयमा भनाई राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close