पोखरा, १८ भदौ ।
पोखरेली खेलप्रेमी तथा व्यवसायी इच्छामान बुद्धाचार्यले बंगालादेशमा मंगलबार बाट सुरुहुने दक्षिण एसियाली राष्ट्रहरु सम्मिलित साफ फुटबल च्याम्पियनसिप जितेमा नेपाली टिमलाई एकलाख दिने घोषणा गरेका छन ।
हंसराज हुलास चन्द एण्ड कम्पनीको बजाज मोटरसाइलका सब डिलर इच्छा शक्ति अटोमोबाइल प्राली पोखराका अध्यक्ष इच्छामानले आपूmले नेपाली टिमलाई हौसला प्रदान गर्नका लागि नगद दिने घोषणा गरेको बताए । उनले भने–“आफ्नो देशले जहिले पनि जितोस भन्ने चाहेको र प्रोत्साहनका लागि पनि टिमलाई एक लाख दिने घोषणा गरेको हो ।”
सन १९९३ बाट सुरु भएको साफ फुटबलको इतिहास सोही वर्ष नेपालले तेश्रो स्थान हासिल गर्नु बाहेक जितेको रेकर्ड छैन । साफ फुटबल नेपालले सन १९९७ र २०१३ गरि दुइ पटक आयोजना गरिसकेको छ । इन्डोनेसियामा सम्पन्न १८ औं एसियाली खेलकुदमा पराजय संगै फर्केको नेपाली फुटबल टिम बंगालादेशको ढाकामा सुरु हुने साफ फुटबलमा ठोस नतिजा निकाल्ने दाउमा छ ।
गु्रप ‘ए’ मा रहेको नेपालले मंगलबार पहिलो खेल पकिस्तान संग खेल्दैछ भने दोश्रो खेल भुटान र अन्तिम खेल आयोजक बंगालादेश संग खेल्नेछ ।