कास्की जिल्ला साइकल संघको अध्यक्षमा भण्डारी निर्वाचित

पोखरा, ९ भदौ ।
पोखरामा शनिवार सम्पन्न कास्की जिल्ला साइकल संघको तेश्रो साधारण सभा तथा दोश्रो अधिवेशनले शङ्खर भण्डारीलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । यसै गरि संघको प्रथम उपाध्यक्षमा सुवास सिग्देल, द्वितिय उपाध्यक्षमा अशोक चालिसे, सचिवमा जगन विश्वकर्मा र कोषाध्यक्षमा ईन्द्र गुरुङ निर्वाचित भएका छन ।

त्यस्तै संघको कार्य समिती सदस्यहरुमा पुष्प कमल पौडेल, हरि थापा, तीर्थ राज अवस्थी, कमल नेपाली, जमुना थापा र अब्राहम खान निर्वाचित भएको कास्की जिल्ला साइकल संघले जनाएको छ ।

यस अघि अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशका सांसद तथा बिकास समितीका सभापती दिपक कोइरालाले संघले साइकल ट्रेलका माध्यम द्वारा पोखराका सात ताल जोड्ने महत्वकाँक्षी योजनाको प्रशंसा गर्दै प्रदेशलाई साइक्लिङ खेलका माध्यम द्वारा विश्वमा विश्वमा चिनाउन सके यहाँको पर्यटन प्रवद्र्धन गर्न सहयोग पुग्ने धारणा राखे । उनले साइकल खेलका विशेषताका बारेमा सबै उमेर समुहमा जनचेतना फैलाउन आवश्यक रहेको समेत बताए ।

कास्की जिल्ला साइकल संघका निवर्तमान अध्यक्ष दिलिपराज श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उनले संघका तर्फ बाट प्रतिवेदन प्रस्तुत गर्दै पोखरालाई साइकल सिटीको अवधाराणा अनुसार अगाडी वढाउन सके यहाँ उल्लेख्य सम्भावनाहरु रहेको बताए ।

सो अवसरमा कास्की जिल्ला खेलकुद बिकास समितीका कोषाध्यक्ष दिपक गोदार, साइकल सिटीका अध्यक्ष प्रकाश बज्राचाय, कास्की जिल्ला साईकल संघका सचिव जगन विश्वकर्मा र कोषाध्यक्ष इन्द्र गुरुङले समेत बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close