
पोखरा, १६ साउन ।
नेपालले नेदरलेण्ड संगको डेब्यू म्याचमा कप्तान पारस खडकाले चार बिकेट लिए पछि घरेलु टोलीलाई दबाबमा राख्दै ४७.४ ओभरमा १८९ रनमा समेटेको छ । अब नेपालले आफ्नो ऐतिहासिक डेब्यू म्याचलाई जित्दै यादगार बनाउन ५० ओभरमा १९० रन बनाउनु पर्ने हुन्छ ।
टस जितेर ब्याटिङ रोजेको नेदरलेण्डलाई सस्तैमा समेटन कप्तान पारसले आफ्नो १० ओभरको स्पेलमा २६ रन खर्चेर ४ बिकेट लिएका छन । यद्यपी नेपालका लागि सोमपाल कामीले आफ्नो स्पेलको तेश्रो ओभरको तेश्रो बलमा नेपालका लागि पहिलो ऐतिहासिक बिकेट लिएका थिए । सोमपालले कसिलो बलिङ गर्दै ८.४ ओभरमा एक मेडनका साथ ३४ रन खर्चेर ३ बिकेट हात पारे ।
यसै गरि सन्दिप लामिछाने भने केही मंहगा देखिए । सन्दिपले १० ओभरमा ४२ रन दिएर १ बिकेट लिए । यसै गरि करण केसीले ७ ओभर १ मेडन ३८ रन १ बिकेट, बसन्त रेग्मीले ८ ओभर २८ रन १ बिकेट र शक्ति गौचनले ४ ओभर १५ दिए पनि बिकेट भने लिन सकेनन ।
यता नेदरलेण्डका लागि माइकल रिपोनले सर्वाधिक ५१ रनको पारी खेलेका छन । उनी पारसको बलमा ऐरीले क्याच लिएर पेविलियन तर्फ पठाएका थिए । मध्यपंक्तिका व्याट्सम्यान बास लिडेले ३०, ओपनर स्टेफन म्यावर्गले २९, दिएन कुपरले २० रन बाहेक अन्य खेलाडीले नेपालका बलरहरुको खासै सामना गर्न सकेको देखिएन ।
नेपाल अब केही बेर पछि व्याटिङका लागि उत्रने छ ।