
केशव पाठक
पोखरा, ५ साउन ।
गण्डकी प्रदेशका मुख्य मन्त्रि पृथ्बी सुब्बा गुरुङले खेलकुदलाई समृद्धीको आधार बनाउनु पर्ने कुरामा जोड दिएका छन ।
अखिल नेपाल फुटबल संघ एन्फाकोे गण्डकी प्रदेश स्तरिय अन्तरक्रिया तथा कार्यशाला गोष्ठीलाई सम्वोधन गर्दै मुख्य मन्त्रि गुरुङले खेलकुदको समृद्धी बाट नै राष्ट्रिय गौरवको महत्वलाई उठाउन सजिलो हुने बताउँदै भने –“फुटबलमा नेतृत्व परिवर्तन संगै नयाँ युगको प्रारम्भ भएको छ ।”
एन्फाको कार्यनिती, ग्रासरुट, विधान र नियामावलीका लागि सुझाब संकलन गर्न गरिएको गण्डकी प्रदेशमा भेला भएका विभिन्न एन्फाका जिल्ला पदाधिकारीहरुलाई सम्वोधन गर्दै आफ्नो नेतृत्वको सरकार बनेको ५ महिना सम्म हुँदा पनि खेलकुद बिकासका लागि उठाएको विषयका बारेमा कसैलै पनि चासो नदिएको बारे चिन्ता समेत व्यक्त गरे । मुलुक संघीयतामा गइसके पनि राखेप नबदलिएकोमा उनको रोष थियो ।
मुलुकले नयाँ संिवधान प्राप्त गरेको यति लामो समय वितीसक्दा पनि खेलकुदमा कुनै परिवर्तन नआउनु दुख लाग्दो विषय भएको तर्फ इगिंत गर्दै मुख्य मन्त्रि गुरुङले भने –“खेलकुद नै नवुझेको खेलकुद मन्त्रि र परिवर्तन नचाहने खेलकुद परिषदका कारण खेलकुदमा आशतित सफलता प्राप्त भएको छैन ।”
उनले भने, ‘गण्डकी क्षेत्र फुटबलको होमग्राउण्ड पनि हो, खेलपर्यटनबाटै समृद्धिको ढोका खुल्छ तसर्थ सरकारले ५ वर्षभित्र प्रदेशका ११ वटै जिल्लाअन्तर्गत ८५ स्थानीय तहमा फुटबल मैदान निर्माण बनाउने छ ।’ साथै उनले प्रदेश राजधानी पोखरामा अन्तर्राष्ट्रियस्तरको रंगशाला बनाउने योजना अघि सार्दा यस विषयमा सरोकावाला निकायले हालसम्म आफूसँग सोधीखोजी समेत नगरेको गुनासो उनको थियो ।
खेलकुद क्षेत्र लामो समयसम्म हेपिएको क्षेत्र रहेको उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले पुराना कथा नदोहो¥याइकन नयाँ ढंगले अघि बढ्नुपर्ने बेला आएको बताए ।
प्रदेश राजधानीका हिसावले पोखरा खेलकुदको हव बन्न सक्छ भन्ने कुरा राख्दै मुख्य मन्त्रि गुरुङले पोखरा कुनै पनि खेलको ‘न्युट्रल भेन्यु’को रुपमा स्थापित गर्न सकिने बताए । उनले खेलकुदले पर्यटन प्रवद्र्धनको जगलाई बलियो बनाउने सक्ने कुरालाई आत्मसात गर्दै राष्ट्रिय एकतालाई बलियो बनाउन पनि खेलकुदको विकास अपरिहार्य रहेको धाराणा राखे ।
सो अवसरमा नेपाली फुटबलमा लामो समय देखि योगदान र्दिंदै आएका पूर्व प्रशिक्षक खेम गुरुङ र सम्भु केसीलाई सम्मान गरेको छ । मुख्य मन्त्री गुरुङले दुबैलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
कार्यक्रमलाई सम्वोधान गर्दै एन्फका केन्द्रिय अध्यक्ष कर्मा छिरिङ शेर्पाले खेलकुद समाज परिवर्तनको सम्वाहक भए पनि भौतिक पूर्वाधारका कारण नेपालको फुटबल बिकास कमजोर भएको धाराणा राखे ।
उनले भौतिक पूर्वाधार निर्माण गर्न मुलुकका तिन तहका सरकारले पहल थाल्नु पर्ने कुरामा जोड दिए ।
अध्यक्ष शेर्पाले अब नेपाली फुटबलले नयाँ फड्को मार्ने दिशा तर्फ अगाडी वढेको बताउँदै योजनावद्ध ढङले एन्फाले आफ्ना कार्यक्रमहरु ल्याएको बताए । नेपाली फुटबल बिकासका लागि जग देखि नै बलियो बनाउन आधारभुत तह बाट नै सुरु भएको उनले उल्लेख गरे ।
सात प्रदेशमा १४ वटा टेक्निकल सेन्टर जस्तो महत्वकाक्षीं योजना प्रस्तुत गर्दै अध्यक्ष शेर्पाले नितिगत, प्रशासनिक र अर्थिक पारदर्शितालाई मुख्य जोड दिइने स्पष्ट पारे । उनले पोखरामा २० वर्ष अघि नै टेक्निकल सेन्टर हुनु पर्ने भए पनि त्यो हुन नसकेकोमा दुख व्यक्त गर्दै चाँडै नै टेक्निकल सेन्टरको स्थापना गरिने समेत बताए ।
एन्फा अध्यक्ष शेर्पाले कानूनी रुपमा बलियो नभएसम्म संस्थाले गरेको निर्णय पारदर्शी नहुने हुँदा आफ्नो नेतृत्वमा नयाँ कार्यसमिति आइसकेपछि पूर्व घोषित योजनाअनुरुप आफूहरु नयाँ ढंगले अघि बढ्न खोजेको बताए । उनले नयाँ विधानका लागि मस्यौदा गरिरहेको तथा प्रदेश संघ र जिल्ला संघलाई पनि सशक्तिकरण गर्दै अघि बढ्न प्रदेशस्तरमा यसरी छलफल चलाएको जानकारी दिए ।
उनले बाल दिवसका दिन २७ भदौदेखि शुभारम्भ गर्ने गरी ४५ जिल्लाका करिब ५ देखि १० हजार बालबालिकालाई फुटबल प्रशिक्षण दिने जनाए । उनका अनुसार जसमा ६ वर्षदेखि १० वर्षसम्म उमेर समूहका उनीहरुलाई ग्रासरुटबाट प्रशिक्षण सुरुवात गरी फुटबल विकासमा दूरदर्शी लक्ष्य बनाइनेछ ।
केन्द्रीय, प्रदेश र स्थानीय तहको समन्वयबाट फुटबलका लागि भौतिक पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने एन्फा अध्यक्षले बताए । उनले पोखरामा अर्कोवर्षदेखि ६० जनालाई फुटबल प्रशिक्षण दिने गरी टेक्निकल सेन्टर निर्माण गर्ने जानकारी समेत दिए ।
कास्की जिल्ला फुटबल संघको संयोजनमा समपन्न कार्यक्रममा गण्डकी प्रदेशका सांसद मोहन रेग्मी, सासद मन बहादुर गुरुङ, सांसद विन्दु कुमार थापा, सांसद रामजी बराल, सांसद दिपक कोइराला र साँसद राजिब पाहारी लगाएतले अबको नेतृत्व परिवर्तन संगै फुटबलमा नविनता आउनु पर्ने कुरामा जोड दिए । कार्यक्रममा सहभागी साँसदहरुले खेलकुद बिकासका लागि पाठ्यक्रममा पनि खेलकुद सम्वन्धी उल्लेख हुनुपर्ने बताए ।