
पोखरा, ३१ असार ।
अखिल नेपाल फुटबल संघ कास्कीको आयोजनामा पोखरा रंगशालामा संचालन भइरहेको एन्फा कपको छात्र तर्फ अमरसिंह माबी र सैनिक आवाशिय माबी फाइनलमा प्रवेश गरेका छन ।
आइतबार भएको सेमीफाइनलमा अमरसिंहले टप्स माबीलाई २–१ ले र सैनिकले सडेन डेथमा शिसु कल्याणलाई ४–३ गोलले पराजित गर्दै फाइनलमा भेट पक्का गरेका हुन ।
अमरसिंहलाई फाइनलमा पु¥याउन मनोज नेपालीले एक्लैले दुइ गोल गरेका थिए भने टप्सका लागि देब गुरुङले एक गोल फर्काए ।
यता सैनिक र शिसु कल्याणका विचको खेल निर्धारित समयमा गोल हुन नसक्दा टाइब्रेकरमा पुगेको थियो । तर खेलको नतिजा भने सडेन डेथमा पुगेर सम्भव भयो ।
यसैगरि छात्रा तर्फ तारा कुञ्ज माबी र चिल्डे«न एकेडेमी फाइनलमा प्रवेश गरेका छन । तारा कुञ्जले अमरसिंह माबीलाई १–० गोलले पराजित गरेको थियो । तारा कुञ्जका लागि बेल माया गुरुङले निर्णायक गोल गरिन ।
यता चिल्डे«न एकेडमीले विन्दबाशिनी मावीलाई १–० गोलले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो । अर्पिता गुरुङको एक मात्र गोलले चिल्डे«न एकेडेमीलाइ फाइनलको यात्रा तय गरायो ।
कास्की फुटबल संघका उपाध्यक्ष विश्व तण्डुकारका अनुसार दुबै तर्फका फाइनल खेल सोमबार दिउसो हुनेछन । प्रतियोगितामा छात्र तर्फ ३७ र छात्रा तर्फ १३ टिमको सहभागिता रहेको थियो ।