एन्फा कपः एभरेष्ट र सिदार्थ सेमिफाईनलमा प्रवेश

बागलुङ, २९ असोज ।

बागलुङमा जारी एन्फा कप अन्तरविद्यालय फुटबल प्रतियोगितामा न्यू एभरेष्ट एकेडेमी र सिदार्थ शिक्षा सदन सेमिफाईनलमा प्रवेश गरेका छन् ।

बागलुङ जिल्ला फुटबल संघद्वारा आयोजित प्रतियोगितामा शुक्रबार भएको पहिलो क्वाटरफाईनल खेलमा न्यू एभरेष्ट एकेडेमीले रुद्रेपिपल माविलाई १–० गोलअन्तरले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको हो ।

एभरेष्टलाई सेमिफाईनलमा प्रवेश गराउन खेलको ११ औं मिनेटमा अरुण बोहोराले गरेको गोल निर्णयक बन्यो । खेल अवधिभर दुवै टिमबाट अन्य गोल नभएपछि एभरेष्ट सेमिफाईनलमा प्रवेश गरेको हो ।

दोस्रो खेलमा फ्युचर ब्राइटर बोर्डिङलाई ट्राइबेकरमा पराजित गर्दैै सिदार्थ शिक्षा सदन सेमिफाईनलमा प्रवेश गरेको छ । निर्धारित खेलमा दुवै टिम गोलरहित बराबरीमा रोकिएपछि सेमिफाईनलमा जाने टिमको निर्णय ट्राइबेकरबाट लिइएको थियो ।

पेनाल्टी सुटआउटमा सिदार्थले फ्यूचर ब्राइटर बोर्डिङलाई ३–१ ले पन्छाएको हो । प्रतियोगिता अन्तरगत शनिबार क्वाटरफाईनलका अन्य दुई खेल हुनेछन् ।

शनिबारको पहिलो खेल अमृत आदर्श मावि विरुद्ध चिल्ड्रेन लाईफ बोर्डिङ स्कुल र दोस्रो खेल विद्यामन्दिर मावि विरुद्ध अमर आदर्श बोर्डिङ विच हुने बागलुङ जिल्ला फुटबल संघका कोषाध्यक्ष सुर्य लामिछानेले जानकारी दिए ।

नकआउटको आधारमा खेलाइएको प्रतियोगितामाको विजेताले नगद १५ हजार प्राप्त गर्नेछभने विद्यालय प्रदेशस्तरमा हुनेछ । यस्तै उपविजेताले नगद ८ हजार प्राप्त गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close