बागलुङ एन्फाकपः ट्राईबेकरमा अमर आदर्शको जित

बागलुङ, २७ असार ।
बागलुङमा जारी एन्फा कप अन्तरविद्यालय फुटबल प्रतियोगितामा अमर आदर्श बोर्डिङ र साविक विजेता चिल्ड्रेन लाईफ बोर्डिङ स्कुल दोस्रो चरणमा प्रवेश गरेका छन् ।

बागलुङ जिल्ला फुटबल संघद्वारा आयोजित प्रतियोगितामा बुधबारको पहिलो खेलमा कोरोना एकेडेमी उपस्थित नभएपछि चिल्ड्रेन लाईफ दोस्रो चरणमा प्रवेश गरेको हो ।

निर्धारित समयमा मैदानमा उपस्थित नभएको र सम्पर्कमा पनि नआएकाले कोरोनालाई वाकओभर दिँदै चिल्ड्रेन लाईफलाई विजेता घोषणा गरिएको प्रतियोगिताका संयोजक विकास थापाले जानकारी दिए ।

अमर आदर्श बोर्डिङले कालिगण्डकी बोर्डिङलाई ट्राईबेकरमा ४–१ गोलले पन्छाएको हो । खेलको निर्धारित समयमा खेल गोलरहित बराबरीमा सकिएपछि ट्राईबेकरबाट विजेता घोषणा गरिएको थियो ।

ट्राईबेकरमा कालिगण्डकीका अजित रायमाझीको प्रहार अमरका गोलरक्षक सन्तोष क्षेत्रीले बचाएका थिएभने सिशान्त थापाको प्रहार बारमा लागेको थियो । अमर आदर्शका ४ प्रहार गोलमा परिणात भएका थिए ।

यस्तै प्रतियोगिता अन्तरगत बिहीबारको पहिलो खेल फ्यूचर ब्राइटर बोर्डिङ विरुद्ध सनराइज बोर्डिङ र दोस्रो खेल विद्यामन्दिर माध्यमिक विद्यालय विरुद्ध आदर्श विद्यामन्दिर विच हुने जिल्ला फुटबल संघका महासचिव जय राजभण्डारीले जानकारी दिए ।

नकआउटको आधारमा खेलाइएको प्रतियोगिताको विजेताले नगद १५ हजार प्राप्त गर्नेछ भने विद्यालय प्रदेशस्तरमा हुने एन्फा कपमा छनोट हुने जिल्ला फुटबल संघका कोषाध्यक्ष सुर्य लामिछानेले बताए । यस्तै उपविजेताले नगद ८ हजार प्राप्त गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close