कास्कीमा एथलेटिक्सको प्रशिक्षक प्रशिक्षण शुरु

पोखरा, १२ फागुन ।
कास्की जिल्ला एथ्लेटिक्स संघको आयोजनामा पोखरामा ३ तिन दिने प्रशिक्षक प्रशिक्षण शुरु भएको छ ।

उक्त प्रशिक्षण कार्यक्रमको शुभारम्भ गर्दै राष्ट्रिय खेलकुद परिषद सदस्य राजेश गुरुङले यस्ता प्रशिक्षणले आधुनिक एथ्लेटिक्स खेलका कुराहरु जान्न र सोही अनुसार खेलाडीमा वितरण गर्न सहज हुने बताए ।

कास्की जिल्ला एथ्लेटिक्सले संघले उक्त प्रशिक्षण बाट नयाँ प्राविधिकहरु उत्पादन गर्ने लक्ष्य लिएको एथ्लेटिक्स संघ कास्कीका अध्यक्ष हरि बशादुर बरुवालले बताएका छन । कार्यक्रमलाई राखेप प्रशिक्षक तथा प्रशिक्षण विभाग उप निर्देशक शुसिलनर सिंह राणा, पश्चिमाञ्चल क्षेत्रिय खेलुकद कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगी, प्रशिक्षण विभाग प्रमुख विद्या मर्सानी, उप निर्देशक कृष्ण तिमिल्सिना, एथ्लेटिक्स संघ कास्कीका सचिब श्याम बहादुर श्रेष्ठ लगाएतले सम्वोधन गरेका थिए ।

प्रशिक्षणमा कास्की, म्याग्दी र तनहुँका गरि २५ जना प्रशिक्षकहरुको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close