श्रीलंका ए सँगको तेस्रो अभ्यास खेलमा नेपाल ७ विकेटले विजयी

पोखरा स्पोर्ट्स ।  नेपाली राष्ट्रिय क्रिकेट टिम श्रीलंका ए सँगको तेस्रो अभ्यास खेलमा जित हासिल गरेको छ । शनिबार सम्पन्न अभ्यास खेलमा नेपालले श्रीलंका ए टिमलाई ७ विकेटले पराजित गरेको हो ।

श्रीलंका ए ले दिएको १३३ रनको लक्ष्य पछाएको नेपालले १६.२ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । नेपालको जितमा कुशल भुर्तेलले ४९ रन बनाए भने आरिफ सेखले अविजित २४ र दिपेन्द्र सिंह ऐरीले २२ रन बनाएका थिए । त्यस्तै कप्तान रोहित पौडेलले १९ रन बनाएका थिए ।

यस अघि पहिला ब्याटिंग गरेको श्रीलंका ए ले २० ओभरमा ८ विकेट गुमाउदै १३२ रन बनाएको थियो । 

नेपालले यस अघिका २ खेलमा लगातार हार बेहोरेर अन्तत: तेस्रो खेलमा जित हासिल गरेको छ ।

अब नेपाली टिम भारत जाने छ । भारतमा मुम्बई क्रिकेट एसोसियसन प्रेसिडेन्ट एघारसँग जनवरी २९ मा अभ्यास खेल खेल्ने छ भने जनवरी ३१ मा सिसिआईसँग खेल्ने क्यानले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close