
पोखरा स्पोर्टस । कोल्मा बहाकोट समाज युकेको अध्यक्षमा कृष्ण गुरुङ निर्विरोध निर्वाचित हुनुभएको छ ।

कोभिड–१९ का कारण भर्चुअल मर्फत समाजको युकेमा सम्पन्न साधारण सभाले गुरुङलाई अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको हो । त्यसै गरि समाजको बरिष्ठ उपाध्यक्षमा चन्द्र बहादुर गुरुङ, उपाध्यक्षमा सुर्य गुरुङ, महासचिवमा मनोज गुरुङ र कोषाध्यक्षमा रामचन्द्र गुरुङ निर्वाचित हुनु भएको छ ।
३ बर्ष कार्यकाल रहने समाजको कार्यसमितिको १० सदस्यहरु यथासिघ्र मनोनयन गरिने भएको निर्वाचित अध्यक्ष गुरुङले बताउनु भएको छ । निर्वाचित अध्यक्ष गुरुङ सहारा युके फुटबल क्लबका चेयरमेन हुनुहुन्छ भने बरिष्ठ उपाध्यक्ष चन्द्र बहादुर गुरुङ सहारा क्लव युकेको सल्लाहाकार एवम चेरिटन नेपाली समाजको अध्यक्ष समेत हुनुहुन्छ ।
बेलायतमा स्थापना भएको कोल्मा बहाकोट समाज खेलकुद, शिक्षा,तथा समाजसेवाको क्षेत्रमा अग्रणी भुमिका निर्वाह गरेको छ । भर्चुअल सभामा सहारा युकेका संस्थापक अध्यक्ष नविन गुरुङ, सहारा युकेका पुर्व अध्यक्ष दिलीप गुरुङ ‘एमबिई’ लगाएत १ सय भन्दा वढीको उपस्थिती रहेको नवनिर्वाचित अध्यक्ष गुरुङले पोखरा स्पोर्टसलाई बताउनुभयो ।
कोल्मा बहाकोट स्याङजा जिल्ला पुतलीवजार वडा नं ९ लगाएतका केही वडाहरुलाई समेट्छ । कोल्मालाई विश्वमा परिचय गराउन तथा स्थानिय युवाहरुलाई स्वरोजगार बनाउँदै खेलकुदमा सहभागी गराउने लगाएतका विभिन्न कार्यक्रमहरुमा समेत समाजले भुमिका खेलिरहेको छ । त्यस्तै कोल्माको शिक्षा लगाएत सामाजिक क्षेत्रको विकासका लागि स्थानिय नागरिकहरुको सहभागितामा विभिन्न कार्यक्रमहरु समेत तय गरेको छ ।


