
केशब पाठक/तस्बिरः सुदर्शन रंजित
पोखरा, ३ साउन । बेलायतका हक्की खेलाडीहरु पोखराको चर्को घाममा पोखरा रंगशालामा पोखरेली हक्की खेलाडी संग हक्की खेल्न आतुर देखिन्थे । नेपाल हक्की संघका उापध्यक्ष हिमाल खडका पाहुना खेलाडीलाई चाँजोपाँजो मिलाउन व्यस्त देखिन्थे ।

केही दिन अघि मात्रै मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका २ छ्ङ्गुर पाखोमा ५ हजार १९ मिटर उचाईमा हक्की खेलेर पोखरा झरेका उनीहरु निकै फुरुङ्ग थिए । उनीहरुले भनिरहेका थिए–‘हामीले हक्कीमा नयाँ रेकर्ड बनायौं ।’

सम्भवत विश्वमानै पहिलो पटक यति उचाई हाई हल्टिच्यूड भएको ठाउँमा हक्की पहिलो पटक खेलिएको हो । त्यहाँ हक्कीको पूर्वाधार भएर पनि होइन । थियो त केबल घरपझोङ गाउँपालिका ४ मा अवस्थित जनहित माध्यमिक विद्यालयको परिशर । दर्शक समेत गाउँ बाट बटुलियो ।

एक घन्टा हक्की खेलियो, केहीलाई लेक समेत लाग्यो, तर उनीहरुको एक मात्रा नेपालको हक्की यात्रा थियो त केबल गिनिज बुक्स अफ अल रेकर्डमा नाम दर्ता गराउनु । त्यसको चाँजो पाँजो नेपाल हक्की संघ र नेपाली कुनै खेलकुदको निकायले गरेको समेत थिएन । उनीहरुलाई पथपदर्शकहरुले देखाएको ठाउँमा गएर खेले अनि रेकर्ड बनाए । ति दुई पथपदर्शक थिए खडग पन्त (शम्भू) र राजेन्द्र पन्त ।

पथप्रदर्शक मध्येका एक शम्भूले यो खेल आयोजना लागि नेपालको पूर्वी भेग देखि धेरै ठाउँ चहारेपछि बल्ल मुस्ताङको त्यो ठाउँ पत्ता लागेको बताए । जुन ठाउँमा गण्डकी प्रदेश सरकारले समेत हाई अल्टिच्यूड स्पोर्टस ट्रेनिङ सेन्टर बनाउन आव २०७६/०७७ का लागि बजेट समेत विनियोजित गरिसकेको छ । तर प्रदेश सरकार पुग्नु अगावै त्यो ठाउँ गिनिज बुक्समा दर्ता भइसक्नेछ ।

अन्तर्रा्ष्ट्रिय स्तरमै हक्की खेलको प्रर्वद्धन तथा विकास गर्ने उद्देश्यसहित इङल्यान्डका ३१ हक्की खेलाडीको टोली नेपाल आएको हो । उनीहरुलाई पथप्रर्दशक, व्यवस्थापन र समन्वयमा नरबा ट्रेक एन्ड एक्सप्रेसनले मिलाएको हो ।

हक्की फर हिरोजका डेबी ग्रेग्सन् सहितको टोली नेतृत्वमा १४ खेलाडी र लिंकन मिनिस्टर स्कुलका १७ हक्की खेलाडी छन् । हक्की टिचरमा हक्की फर हिरोज क्लबका जो फोरेस्टर र लिंकनका टोम इप्स र रिचर्ड इस्टन छन् ।

गण्डकी प्रदेश सरकारले मुस्ताङमा हाइ अल्टिच्युड तालिम केन्द्रको पूर्वाधार बनाउनका लागि डिपिआर गर्न बजेट विनियोजन गरेको छ । टोलीले मुस्ताङमा हक्कीको अनुभव समेत लिएको एडभेन्चर लाइभ साइन्सका इन्चार्ज डेबी गे्रग्सनले बताए । उनले जोमसोममा विद्यालयका विद्यार्थीलाई पनि हक्कीको अभ्यास गराएको जानकारी दिए ।

यसअघि जोमसोमको जनहित माविलाई हक्की स्टिक, हक्की बल, हक्की नेट र जर्सी वितरण गरेको टोलीले कास्कीको हक्की टिमलाई समेत व्राण्डेड १४ थान हक्की स्टिक प्रदान गरेको छ ।

हक्की खेलको विश्व वरियतामा नेपाल ८६ औं स्थानमा रहेको नेपालमा आगामी दिनमा हक्की खेल्ने पूर्वाधार भएमा नेपाल ५० औं स्थानमा उक्लिन सक्ने नेपाल हक्की संघका उपाध्यक्ष हिमाल खडका बताउँछन । ‘बेलाएतको हक्की टिम नेपालमा आउनु अनि जोमसोम जस्तो हाइ अल्टिच्यूड खेलमैदानमा समेत गएर खेल्नु सुखद हो’ उनले भने–‘यसले अब नेपालमा हक्की खेल स्थापित गर्न समेत सहयोग मिल्नेछ ।’

बेलायतको हक्की टिमले पहिलो पटक हाइ अल्टिच्यूडमा पुगेर खेल्यो । यो नेपाली हक्की खेलका लागि मात्रै नभई नेपालको हाई अल्टिच्यूडको खेल सम्भावनालाइृ पनि उजागार गरेको छ । तर अर्को तर्फ, यस्तो नहोस नेपालको हक्की खेल बिकासका लागि प्रदान गरेको ट्रफ, जग्गा अभावमा दुई वर्ष ल्याउन नपाएको नेपाल हक्की संघको पिडा संधैं आलो घाउ बनेर बल्झिरहोस ।


