“सागको मात्रै गित गाउन छोडौं” सदस्य सचिव सिलवाल

पोखरा, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) का विषयमा धेरै छलफल भइसकेकोले सागको मात्रै कुराकानी गरेर समय खेर नफाल्न आग्रह गरेका छन । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले बिहीबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै राखेप सदस्यसचिव सिलवालले सो कुरा बताएका हुन् ।

सागको काम सम्पन्न भइसकेको र यसले सफलता समेत प्राप्त गरिसकेको हुँदा खेलकुदका अन्य गतिविधी र पूर्वाधार विकासमा ध्यान दिनपर्ने आवश्यक्ता रहेको बताउँदै सदस्य सचिब सिलवालले भने–“सागको मात्रै गिता गाएर बस्ने बेला यो होइन हामीले खेलकुदका अन्य गतिविधी र पूर्वाधारका विषयमा सोच्न र काम गर्ने बेला हो ।” १३ औं दक्षिण एशियाली खेलकुद (साग) को हिसाब–किताब ३ महिनाभित्र गरिसक्ने बताउँदै उनले सागमा नेपालको प्राप्त उपलब्धिको सधैँ गीत गाएरमात्र नहुने भन्दै उनले अब नवौंमात्र नभई आफू १० औं राष्ट्रिय खेलकुदलाई हेरेर योजना समेत बनाएको बताए ।

देशका ७ सय ५३ वटै स्थानीय तहमा खेलकुदको भौतिक पूर्वाधार निर्माणमा लागिपरेको बताउँदै उनले खेलकुदको भौतिक पूर्वाधार तथा खेल गतिविधिमा सक्रिय हुनेलाई रकम समेत उपलब्ध गराइने तर कामै नगरी बजेट माग्नेलाई दण्डसजायको दायरामा ल्याइने चेतावनी समेत दिए ।

गण्डकी प्रदेशमा आगामी वर्ष फागुनमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि आवश्यक पूर्वाधार निर्माणमा जुटिसकेको जानकारी दिंदै राष्ट्रिय खेलकुदमा गण्डकीका ११ जिल्लामध्ये १० जिल्लामा कुनै न कुनै खेल हुने उनले बताए । स्वीमिङ पुल निर्माणको लागि टेन्डर गरेर काम सुरु गर्ने, क्रिकेटको लागि एक हप्ताभित्र थप काम थालनी गर्ने, गल्फ कोर्सको लागि न्यूनतम २ होल निर्माण गरी प्राक्टिक्स सुरु गर्ने बताए । केही सरकारी स्कुल तथा कलेजमा रहेका ठूला खेल मैदान (पीएन, अमरसिंह स्कुल), प्रहरी र सेनामा रहेका खेलमैदान कसरी उपयोगी बनाउनेबारे सोचेको बताए ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा बढीमा ३५/३६ खेल हुने उनले जानकारी दिंदै त्यसका लागि देशभर कुनै न कुनै खेलकुद गतिविधि जारी रहेको भन्दै उनले यसबाट खेल, खेलाडीको विकास सहित आर्थिक गतिविधि चलायमान हुने बताए । अब हुने ओलम्पिक खेलका लागि स्वीमिङ र सुटिङका खेलाडी प्रशिक्षणमा रहेको जानकारी दिए ।

निर्माणाधीन पोखरा रंगशाला आगामी चैतभित्र सम्पूर्ण निर्माण सम्पन्न हुने बताए । उनले भने, ‘अहिले कन्स्ट्रक्सन फेजमै छौं । आगामी चैतसम्म निर्माण पूरा हुनेछ ।’ त्यस्तै, आगामी फागुन २२ देखि हुने १८ औं संस्करणको आहारारा गोल्डकप समेत पोखरा रंगशालामै हुने जानकारी दिए । त्यसका लागि कम्तिमा १३ हजार सिट तयार भइसक्ने र बाँकी ३४ सय सिट समेत खेल अन्त्यसम्म निर्माण हुन सक्ने बताए ।

यसअघि, सिलवालले रंगशालाको कार्यप्रगतिबारे जानकारी लिएका थिए । आहा! रारा! सुरुवात हुँदासम्म १३ हजार ७ सय सिट बस्नलायक हुने बताइएको छ ।पूर्वाधार निर्माणपछि संरक्षण आवश्यक रहेको भन्दै पोखरा रंगशाला प्रवेशमा कम्तिमा केही न केही शुल्क लिनुपर्र्ने व्यवस्था गर्नुपर्ने तथा बिजेनस कम्प्लेक्सको अवधारणासमेत रहेको बताए ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङ उपस्थिती रहेको उक्त कार्यक्रमको अध्यक्षता खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष एकराज गिरीको तथा संचालन महासचिव विजय नेपालले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close