सो क्योकुसिनमा नेपाल टिम च्याम्पियन

पोखरा स्पोर्टस । नेपाली टोली ११ स्वर्ण पदकका साथ दोस्रो अन्तर्राष्ट्रिय सो क्योकुसिन कराते प्रतियोगिताको टिम च्याम्पियन बनेको छ ।

सातदोबाटो स्थित अन्तर्राष्ट्रिय खेल परिसरमा शनिवार सम्पन्न प्रतियोगितामा भारतले ८ स्वर्ण जित्दै दोस्रो स्थान हात पारेको हो । नेपाल सो क्योकुसिन कराते संघको आयोजना तथा अन्तर्राष्ट्रिय अल गेम्स फेडेरेसनको सहयोगमा सञ्चालन भएको प्रतियोगितामा आयोजक नेपाल सहित भारत, बंगलादेश,श्रीलंकार भूटानका २७४ खेलाडीहरुले सहभागिता जनाएको थियो ।

प्रतियोगितामा पूरुषको १२, महिला ९ तथा पारा खेलको ४ सहित कुल २५ इभेन्ट्समा प्रतिस्पर्धा भएको थियो ।

प्रतियोगितामा पुरुष २५ केजी तौल समुहमा नेपालका छेसन तामाङ, २५ केजीमा नेपालकै रोचेन मगर, ३० केजीमा विश्वास तामाङ, ३५ केजीमा रोमित महर्जन, ४० केजीमा सञ्जेश गोलान, ४५ केजीमा विवेक तामाङ, ५० केजीमा राजेश नगरकोटी, ५५ केजीमा निरोज नगरकोटी र ७० केजीमा विजय साङतलले स्वर्ण पदक प्राप्त गरे ।

त्यसैगरी महिला तर्फ नेपालबाट ४० केजी तौल समुहमा दिक्षा पुन, ६५ केजी तौलमा दिपिका पटेल र खुल्ला तौल समुहमा सुमित्रा नगरकोटीले स्वर्ण पदक जितिन् ।

त्यसैगरी भारतबाट स्वर्ण पदक जित्नेहरुमा महिलातर्फ ३० केजीमा प्रतिक्षा रावल, ३५ केजीमा भन्सिका साहु, ४५ केजीमा श्रेया अकोसी, ५० केजीमा रिद्सा सोनु, ५५ केजीमा अदिती दीलिप, ६० केजीमा श्रेया साइकु रहेका छन् ।

पुरुषतर्फ खुल्ला तौलमा भारतका सन्दीप गर्ग तथा ६० केजीमा मिहिर दिवाकरले स्वर्ण जिते भने बंगलादेशबाट एकमात्र स्वर्ण ६५ केजीमा अजिज शेखले जिते ।

नेपाल सो क्योकुसिन कराते संघका महासचिव तथा ब्राञ्च चिफ राजकुमार श्रेष्ठले प्रतियोगिताको अर्को संस्करण भारतको गुवाहटीमा अर्को वर्ष हुने जानकारी गराएका थिए । प्रतियोगिता दक्षिण एसियाका प्रत्येक राष्ट्रहरुमा हरेक वर्ष पालैपालो आयोजना गर्ने योजना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close