नेपाली राष्ट्रिय बक्सिङ टोली काजाकास्तान प्रस्थान

पोखरा स्पोर्टस । एएसबीसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन ३ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली बुधबार काजाकास्तानको अस्ताना प्रस्थान गरेको छ ।

अप्रिल २७ देखि मे ८ तारिखसम्म हुने प्रतियोगितामा १ पुरुष र २ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

पुरुषको ४८ केजीमा लालप्रसाद उप्रेतीले प्रतिस्पर्धा गर्ने छन् । महिलाको ४८ केजीमा सुष्मा तामाङ तथा ५० केजीमा रमिशा श्रेष्ठले खेल्ने नेपाल बक्सिङ महासंघका महासचिव मनबहादुर भण्डारीले जनाएका छन् ।

सुष्माले थाइल्यान्डमा भएको गत संस्करणमा रजत जित्दै इतिहास रचेकी थिइन् । नेपाल बक्सिङको इतिहासमा सुष्माले जितेको रजत एसियालीस्तरमा नेपालले प्राप्त गरेको एक मात्र पदक हो ।

प्रशिक्षकमा आइबा वान स्टार सुजित पुन मगर तथा निर्णायकमा आइबा २ स्टार आरजे धनकुमार मैनाली छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवालेलगायतले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close