एसियाली महिला कबड्डीमा नेपाललाई कांस्य

पोखरा स्पोर्टस । नेपालले छैटौं एसियाली महिला कबड्डी च्याम्पियनसिपमा कांस्य पदक जितेको छ ।

नेपालसंगै बंगलादेश पनि संयुक्त रुपमा तेश्रो भएको अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्दकुमार झाले जनाएका छन् । चीनमा भएको १९ औं एसियाली खेलकुदमा पनि नेपाली महिला कबड्डी टोलीले कांस्य जितेको थियो ।

ईरानको राजधानी तेहरानमा सम्पन्न प्रतियोगितामा भारतले उपाधि जित्यो । ईरान उपविजेता भयो । एसियाली महिला कबड्डी प्रतियोगिता २०६० सालदेखि सुरु भएको कबड्डी संघले जनाएको छ । २० वर्ष पछि नेपालले उक्त पदक जितेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close