मदन भण्डारी स्पोर्टस् एकेडेमीले जिल्ला कमिटिहरुलाई दियो पूर्णता

पोखरा स्पोर्टस । मदन भण्डारी स्पोर्टस एकेडेमीले जिल्ला कमिटिहरुलाई पूर्णता दिएको छ ।

एकेडेमीले शुक्रबार एक परिपत्र जारी गर्दै जिल्ला कमिटिहरुलाई पूर्णता दिएको जनाएको हो । लुम्बिनीमा गत चैत्र २३ गते सम्पन्न राष्ट्रिय भेलाको निर्णय अनुसार जिल्ला कमिटिहरुलाई पूर्णता दिएका एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जनाएका छन् ।

हाल सम्म ३९ जिल्लालाई पूर्णता दिएको जनाउँदै अन्य जिल्लाको हकमा यथासिघ्र निर्णय लिइने अध्यक्ष आचार्यले जनाएका छन् । जिम्मेवारी प्राप्त कमिटिहरुलाई शुभकामना तथा बधाई ज्ञापन गर्दै उनले निर्णयको पूर्ण कार्यान्वयन संगै खेलकुद विकासलाई तिव्रता दिन आग्रह समेत गरेका छन् । एकेडेमी अव छिट्टै पालिकाहरुमा कमिटि गठन गर्ने तयारी गरिरहेको जनाएको छ ।

एकेडेमीको राष्ट्रिय भेला संस्थका संरक्षक एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । अध्यक्ष आचार्यले राष्ट्रिय भेला सम्पन्न गर्न सहयोग गर्ने सबैमा आभार समेत व्यक्त गरेका छन् ।

यस संगै “सबैका लागि खेलकुद” भन्ने मूल नारासहित एकेडेमीले देशका विभिन्न स्थानमा क्रिकेट, कराते, रेसलिङ, ब्याडमिन्टन, चेस, फुल कन्टयाक्ट लगायतका राष्ट्रिय प्रतियोगिता तथा फुटबल, भलिबल, तेक्वान्दो, फुटसल, डोरी तानलगायत प्रदेशस्तरीय प्रतियोगिता गर्ने तयारी गरिरहेको उपमहासचिव सूवर्ण श्रेष्ठले जानकारी दिएकी छन् । जस मध्ये टेबुल टेनिस प्रतियोगिता सम्पन्न गरिसकेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close