फुटबलर स्व.गुरुङको स्मृतिमा परिवारद्वारा पोखरा म्याराथनलाई पुरस्कार प्रायोजन

पोखरा स्पोर्टस । नेपालका पूर्व राष्ट्रिय खेलाडी स्वर्गिय गंगाबहादुर गुरुङको स्मृतिमा उनको परिवारले पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा पुरस्कारका लागि प्रायोजन गर्ने भएका छन् ।

नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चका आजिवन सदस्य समेत रहेका स्व.गुरुङका परिवारले आगामी ५ वर्षका लागि ह्विलचियर र दृष्टिविहिन दौडको प्रथम पुरस्कार प्रायोजन गर्ने भएका हुन् । मंगलबार मञ्चको कार्यालयमा मञ्चका पदाधिकारी र स्व.गुरुङका छोरा देवान गुरुङबिच आगामी ५ वर्षका लागि पुरस्कार प्रायोजन सम्झौता सम्पन्न भएको छ ।

बुवाको पदचाप पछ्याउँदै क्योकुसिन कान कराते खेलाडी समेत रहेका देवानले मञ्चको आजिवन सदस्यता ग्रहण गर्दै भने–“बुबालाई हामीले मात्र नभई यो संस्थाले समेत सम्झि राखेको पाउँदा खुसी छु । यो संस्थाले खेलकुद र समाजमा उत्कृष्ट कार्य गरेको छ । म पनि खेल प्रति चासो राख्ने भएकोले यो सहयोग गर्न पाउँदा आफूलाई गौरवान्वित ठान्दछु ।” उनले आफ्नो लक्ष्य बुबाको नाममा केही गर्छु भन्ने रहेको समेत उल्लेख गरे ।

तत्कालीन पश्चिमाञ्चल विकास फुटबल टिमका कप्तान रहेका स्व.गुरुङका छोरा देवान गुरुङले आफ्ना बुबा एक कुशल खेलाडीसँगै सामाजिक व्यक्तित्व रहेको र आफुहरुलाई समेत सामाजिक कार्यमा संलग्न हुन बारम्बार प्रेरित गरेकोले बुवाकै पदचाप पछ्याउँदै आफ्नो बुवा मृत्यु पर्यन्त निकट जोडिएको संस्था सँग जोडिन पाउँदा खुसी लागेको बताए ।

समाजसेवी तथा खेलाडी समेत रहेका देवानले अपांगता भएका व्यक्तिलाई जो खेलमा आवद्ध छन् उनीहरुको लागि सहयोगका हात अघि बढाउँदै उनीहरुमा उत्साह जगाउने मनशायका साथ अपाङ्गता दौडमा बुबाको नाममा पुरस्कार राशी प्रायोजन गरी म्याराथनमा सहयोगको हात अघि बढाएको बताए ।

बुवाको पदचाप पछ्याउँदै क्योकुसिन कान कराते खेलाडी समेत रहेका देवानले मञ्चको आजिवन सदस्यता ग्रहण गर्दै भने–“बुबालाई हामीले मात्र नभई यो संस्थाले समेत सम्झि राखेको पाउँदा खुसी छु । यो संस्थाले खेलकुद र समाजमा उत्कृष्ट कार्य गरेको छ । म पनि खेल प्रति चासो राख्ने भएकोले यो सहयोग गर्न पाउँदा आफूलाई गौरवान्वित ठान्दछु ।” उनले आफ्नो लक्ष्य बुबाको नाममा केही गर्छु भन्ने रहेको समेत उल्लेख गरे ।

मञ्चका अध्यक्ष हरि प्रसाद पराजुलीले अग्रज खेलाडीहरुले स्थापना गरेको संस्थाले उचाइ छुदैँ गर्दा स्व.गंगा गुरुङको समेत संस्था स्थापनामा महत्वपूर्ण योगदान रहेको बताए । आजिवन सदस्यहरुका परिवारलाई समेत मञ्चले जोड्ने अभियानलाई अघि सारेको जनाउँदै सो अभियानलाई अझै व्यवस्थित बनाउने उनले जनाए । स्व. गुरुङले खेल विकासका लागि गरेको योगदानको कदर गर्दै उनको स्मृतिमा पुरस्कार प्रायोजन गरेकोमा परिवार प्रति आभार प्रकट गरे ।

मञ्चका निवर्तमान अध्यक्ष म्याराथनका अन्तर्राष्ट्रिय संयोजक तेज गुरुङले संस्था निर्माणको क्रममा अग्रजका परिवारहरु यसबाट टाढा रहन नसक्ने उल्लेख गरे । संस्था पूर्व खेलाडीहरुको साझा घर भएकाले यसको प्रतिष्ठासँग सबै जोडिने उनले बताए ।

सो अवसरमा मञ्चका द्धितीय उपाध्यक्ष खेम बहादुर गुरुङ र संस्थाका आजिवन सदस्य कमल गुरुङको समेत उपस्थिति रहेको थियो ।

मञ्चले फागुन पाँच गते १८ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजना गर्दैछ । म्याराथनमा १२ वटा इभेन्टहरु हुनेछन् । जसमा १८ लाख १६ नगद रकम विजेताले प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close