
पोखरा स्पोर्टस । विभागिय टोली शसस्त्र प्रहरी बलको एपिएफ क्लवलाई हक्की खेलका सामग्री प्रदान गरिएको छ ।
नेपाल हक्की संघले एक कार्यक्रमको आयोजना गरी बुधबार खेल सामग्री उपलव्ध गराएको संघकी महासचिव सूवर्ण श्रेष्ठले जानकारी दिएकी हुन् । विभागिय टोली एपिएफ क्लवमा हक्की खेलको विकास, खेलाडी उत्पादन र आफ्नै टिम बनाउने उद्धेश्यका साथ हक्की खेल सामग्री उपलव्ध गराइएको महासचिव श्रेष्ठले बताइन् ।

सशस्त्र प्रहरी बल नेपाल (बिशेष कार्यदल) मा अब नियमित तालिमको ब्यवस्था हुने र संघको तर्फबाट प्रशिक्षक पनि व्यवस्था गरिने भएको छ । कार्यदलका प्रमुख प्रहरी उपरिक्षक समिक कुमार महर्जनलाई संघका अध्यक्ष अनिल प्रसाद शर्माले उक्त सामग्री प्रदान गरे ।
नेपालमा हक्की खेल को विकास को लागि संघले एपीएफ क्लवमा पनि आफ्नो विभागीय टिम बनाउने छ भने विभिन्न बिद्यालय संग पनि सहकार्य गरी खेलाडी उत्पादन गर्ने उदेश्य रहेको संघले जनाएको छ ।
सो कार्यक्रममा सचिब अशिम शर्मा, सदस्य पवन कुमार के सी साथै प्रमुख प्रशिक्षक बिजयन्त शर्मा प्रशिक्षकहरु रंजन थापा, बाबुराम नेपाल र अश्विनी कोइरालाको सहभागिता रहेको थियो भने कार्यदलबाट बिभिन्न तहका अधिकारी लगायत प्रशिक्षणका लागि करिब २५ जना जवानहरुको समेतको सहभागिता थियो ।
