
पोखरा स्पोर्टस । नेपाल ओलम्पिक कमिटीले विष्णुगोपाल श्रेष्ठको अध्यक्षतामा नेपाल ओलम्पिक कमिटी अन्तर्गत ‘स्पोर्टस अफ अल’ कमिसन गठन गरेको छ ।
खेलकुदबारे जनचेतना ल्याउन विविध कार्यक्रम गर्ने उद्धेश्यका साथ कमिसन गठन गरिएको नेपाल ओलम्पिक कमिटीले जनाएको छ । कमिसनले आगामी दिनमा खेलकुदबारे जनचेतना ल्याउन विविध कार्यक्रम पनि गर्ने भएको छ ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले कमिसन गठनको कार्यक्रममा शुभकामना व्यक्त गर्दै यस कमिसनले आम नेपालीमा खेलकुदको महŒव र आवश्यकताबारे बुझाउन सफल हुने कामना गर्नुभयो । उहा“ले भन्नुभयो, “खेलकुद खेलाडीस“ग मात्र जोडिने मात्र नभई सबै नागरिकको जीवनको एक भाग हुनु पर्छ ।”

कमिसन अध्यक्ष श्रेष्ठले भने आउने वर्षमा खेलकुदबारे जन चेतना बढाउन धेरै भन्दा धेरै कार्यक्रम गर्ने बताउनुभयो । उहाले थप्नु भयो, “खेलकुद सबै बर्गलाई चाहिन्छ । खेलकुद प्रतियोगिता र पदक जित्ने भावनामा मात्र सीमित छैन् । यो स्वास्थ्य क्षेत्रस“ग पनि सम्बन्धित छ । कुनै न कुनै खेलमा सहभागी भएर स्वास्थ्य लाभ गर्न सकिन्छ ।”
यसअघिको ‘स्पोर्टस अफ अल’ कमिसन पनि श्रेष्ठकै अध्यक्षतामा रहेको थियो । यसले प्रत्येक वर्ष जुन २३ मा ओलम्पिक डे मनाउ“दै आएको छ । यसपल्ट पनि यो दिनलाई अझ प्रभावकारी तरीकाले बनाउने कमिसनले कार्यक्रम बनाउने भएको छ । गटित कमिसनको कार्यसमिति ११ सदस्यीय रहेको छ ।
