विर गणेशमान राष्ट्रिय बक्सिङ : गण्डकी प्रदेशको छनौट सुरु

पोखरा स्पोर्टस/तस्विरः सुदर्शन रञ्जित । विर गणेशमा राष्ट्रिय बक्सिङ प्रतियोगिताका लागि गण्डकी प्रदेशस्तरिय छनौट प्रतियोगिता मंगलबारबाट पोखरामा सुरु भएको छ ।

पोखरा रंगशालामा सुरु भएको छनौट खेल अन्तर्गत विभिन्न तौल समुहमा सेमीफाइनल चरणका खेलहरु सम्पन्न भएका हुन् । सम्पन्न छनौट खेल पुरुष ५२ केजी तौलमा नवलपुरका आकाश राना र कास्कीका सरोज गुरुङ आ–आफ्नो खेलमा विजयी हुँदै फाइनलमा स्थान बनाएका छन् । उक्त तौलमा आकाशले पर्वतका ओमन गुरुङ र सरोजले तनहुँका अनिश गुरुङलाई पराजित गरेका थिए ।

त्यसै गरी पुरुष ५७ केजीतर्फ पर्वतका विपिन क्षेत्री भण्डारीले स्याङजाका शंकर कुमाललाई पराजित गर्दै आफ्नो भिडन्त कास्कीका सौगात कुमाल संग भेट पक्का गरे । यता सौगातले नवलपुरका अनिश तामाङलाई पाखा लगाएका थिए । ६३ केजी तौलतर्फ पर्वतका निश्चल गुरुङले नवलपुरका सुनिल पुनलाई पराजित गरे । फाइनलमा उनको भेट कास्कीका सागर परियार संग हुनेछ । सागरले बागलुङका नितृक गाहा मगरलाई पन्छाएका थिए ।

६९ केजी तौलमा पर्वतका सुनिल विक र कास्कीका कुशल कुमालको फाइनलमा रोचक भिडन्त हुने भएको छ । सम्पन्न सेमिफाइनलमा सुनिलले स्याङजाका बिबेक नेपालीलाई पराजित गरेका थिए भने कुशलले नवलपुरका राम बहादुर पुर्जालाई पराजित गरे ।

त्यस्तै महिलातर्फ भने सहभागि तिन जना खेलाडीहरु सोझै विर गणेशमान राष्ट्रिय बक्सिङमा जाने मौका पाएका छन् । छनौटमा परेका खेलाडी सवै पर्वत जिल्लाका हुन् । ५१ केजी तौलमा अश्मिता थापा, ५७ केजीमा सिमा गुरुङ र ६० केजी तौलमा जेशिना गुरुङ प्रतिष्पर्धी खेलाडी नहुँदा सोझै छनौटमा परेको आयोजकले जनाएको छ ।

पोखरा रंगशालामा सुरु भएको उक्त छनौट प्रतियोगिताको उद्घाटन पूर्व अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी गणेश बहादुर भट्टराईले गरेका थिए । सो अवसरमा उनले खेलाडीहरुको हित र संरक्षणका लागि राज्यको ध्यान जानुपर्ने कुरा औंल्याए । उनले खेलको विकास संगै खेलाडीहरुको हितका लागि राज्यले निति निर्माण तहमानै ठोस योजनाका साथ अघि बढ्नुपर्ने उल्लेख गरे ।

विर गणेशमान स्मृती फाउण्डेशन गण्डकीका संयोजक राजेन्द्र पहारीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाल बक्सिङ संघका केन्द्रिय सदस्य वुद्ध गुभाजु, फाउन्डेशनका केन्द्रिय सदस्य विद्या मर्सानी, क्षेत्रिय खेलकुदका कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगी, कास्की जिल्ला बक्सिङ संघका अध्यक्ष सुमन कुमार श्रेष्ठले आ–आफ्नो भनाई राखेका थिए ।

छनौट प्रतियोगितामा पाँच जिल्लाका महिला र पुरुष गरी २९ खेलाडीहरुको सहभागिता रहेको छ । छनौट प्रतियोगिता बुधबार सम्पन्न हुनेछ ।

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजना र राष्ट्रिय खेलकुद परिषद्को विशेष सहयोगमा २०७९ बैशाख ६ देखि १० गतेसम्म काठमाडौंको बसन्तपुर डबलीमा हुने वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताका लागि खेलाडी छनोट गर्न गण्डकी प्रदेशस्तरीय प्रतियोयिगता आयोजना गरिएको हो ।

तेस्रो संस्करणको प्रतियोगितामा पुरुषतर्फ सात र महिलामा पाँच तौल समूहमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा पुरुषतर्फ ४८, ५२, ५७, ६३, ६९, ७५ र ८१ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यसैगरी महिलातर्फ ४८, ५४, ५७, ६४, ६९ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीका खेलाडीहरूबीच प्रतिस्पर्धा हुनेछ । राष्ट्रिय प्रतियोगितामा हरेक तौल समूहमा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने खेलाडीले आकर्षक नगद पुरस्कार प्राप्त गर्ने छन् भने उत्कृष्ट महिला र पुरुष खेलाडीले स्कुटर र मोटरसाइकल पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close