‘चौथो मञ्जु बहादुर बस्नेत स्मृति विद्यालयस्तरीय छात्र ह्याण्डबल’ पोखरामा सुरू

पोखरा स्पोर्ट्स । ‘चौथो मञ्जु बहादुर बस्नेत स्मृति खुल्ला अन्तर विद्यालयस्तरीय छात्र ह्याण्डबल प्रतियोगिता’ बुधबारबाट पोखरामा सुरू भएको छ । कास्की जिल्ला ह्याण्डबल संघको आयोजना तथा स्व.बस्नतेका परिवारको सहकार्यमा आयोजित प्रतियोगितामा ९ टिमको सहभागिता रहेको छ ।

पोखरा बहुउद्धेश्यिय कभर्डहलमा आयोजना भएको सो प्रतियोगिता लिगकम नकआउटका आधारमा सञ्चालन गर्न लागिएको जिल्ला ह्याण्डबल संघका अध्यक्ष चित्र बहादुर थापाले जानकारी दिएका छन् । प्रतियोगितामा कास्कीका ८ र बर्दिया जिल्लाको एक टिम समेतको सहभागिता रहेको छ ।

प्रतियोगितामा बिजेता टिमले नगद रु २० हजार र उपविजेताले नगद रु १० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।  त्यस्तै, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र हाइस्कोररले ट्रफीका साथमा एक–एक थान मोबाइल प्रदान गरिने छ ।

प्रतियोगिताको मुख्य प्रायोजन स्वर्गिय मञ्जु बहादुर बस्नेतका परिवारले गरेका हुन् । स्वर्गिय बस्नेतका छोरा विशाल बस्नेत नेपाली राष्ट्रिय ह्याण्डबल टिमका कप्तान समेत हुन् ।

यस अघि सो कार्यक्रमको नेपाल ह्याण्डबल संघका महासचिब एवं प्रदेश ह्याण्डबल संघका अध्यक्ष केशव पाठकले गरेका थिए । कार्यक्रममा नेपाल बास्केटबल संघका उपाध्यक्ष जुम प्रसाद गुरूङ, नेपाल एथलेटिक्स संघका उपाध्यक्ष गज बहादुर गुरूङ, गण्डकी प्रदेश ह्याण्डबल संघकी उपाध्यक्ष शान्ती थापा वैद्य, कास्की ह्याण्डबलका पूर्व अध्यक्ष क्या.जग बहादुर गुरूङ, सचिब कृष्ण लम्साललगायतको सहभागिता रहेको थियो ।

उद्घाटन कार्यक्रम कास्की ह्याण्डबलका अध्यक्ष चित्र बहादुर थापाको अध्यक्षतामा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close