अभिनेत्री रेखा थापाले किनिन सबै भन्दा मंहगा क्रिकेट खेलाडीहरु

पोखरा, १८ चैत । एन सी एल स्पोर्ट्स प्रा लि द्वारा बिराटनगरमा आगामी बैसाख ७ देखि १४ सम्म संचालन हुने वोमेन्स टि २० लिगको अक्सनमा अभिनेत्री रेखा थापाले आफ्नो टिमका लागि क्रिकेट खेलाडी किनेकी छन ।

आयोजक एनसिएलले काठमाडौ सम्पन्न गरेको खेलाडी अक्सनमा अभिनेत्री थापाले उनको फ्रेन्चाइज कम्पनी काठमाडौ सुपर च्याम्पियनका लागि ५ लाख ७० हजार खर्चेर १३ जना सबै भन्दा मंहगा खेलाडीहरु खरिद गरेकी हुन ।

अभिनेत्री थापाले उत्कृष्ट खेलाडी टिममा भित्रायाउन तिन जना खेलाडी ममता चौधरी, सरिता मगर, र रोमा थापालाई ७५ हजारका दरले किनेकी छन । आयोजकले एक खेलाडीलाई अधिकतम मुल्य नै ७५ हजार तोकेको थियो ।

यसै गरि अक्सनमा खेलाडी किन्ने क्रममा थापाले सुमन खतिवडा, रावती धामी, सुमन विष्ट र मञ्जु कुमारी बोकाटीलाई ५०–५० हजारमा किनेकी छन ।

अभिनेत्री थापाले अधिकतम मुल्य तिरेर किनेका यि सबै खेलाडीहरु चिठ्ठामा पारेकी हुन । सबै फ्रेन्चाइजीहरुले यि खेलाडी किन्ने सोच बनाए पछि बोल कबोलमा अधिकतम मुल्य प्राय सबै फ्रेन्चाइजीहरुले बोले पछि चिठ्ठा बाट समेत भाग्यमानी बन्दै थापाले उत्कृष्ट खेलाडी हात पार्न सफल बनिन ।

अक्सनमा दर्ता भएका कुल ८० खेलाडिहरु मध्ये हरेक टिमले १३र१३ जना खेलाडिहरु खरिद गरेका छन्। नेपाली महिला राष्ट्रिय टोलीकी कप्तान रुबिना क्षेत्री, टोलीकी सदस्य सिता रानामगर, नेरि थापा, करुणा भन्डारी चार अलग अलग टोलीको मार्की खेलाडीका रुपमा यसअघि नै अनुबन्ध गरिएको थियो।

क्रिकेट लिगमा ४ सहरका ४ फ्रेन्चाइज्ड टोलीकोहरुको सहभागिता रहनेछ । प्रतियोगिता विराटनगरको बैज्यनाथ क्रिकेट मैदानमा सञ्चालन हुनेछ १ सहभागी टोलीका मालिकहरु अनुप सक्सेना (विराटनगर रोअरिङ्ग लायोनेस), अनिल भण्डारी (भैरहवा क्विन्स), बिमोचन उप्रेती (धनगढी वन्डर वोमेन), रेखा थापा (काठमाडौ सुपर च्याम्पियन्स) रहेका छन् ।

प्रतियोगिता खेल्न दर्ता भएका खेलाडिहरुलाइ ग्रेड ए, बी र सी गरि तीन तहमा विभाजन गरिएको थियो । अक्सनमा ग्रेड ‘ए’ अन्तर्गतका खेलाडीको न्युनतम मूल्य ४० हजार र अधिकतम मूल्य ७५ हजार रुपैयाँ, ‘बी’ ग्रेडका खेलाडीको न्युनतम मूल्य रु २५ हजार र अधिकतम मूल्य रु ५० हजार रुपैयाँ, त्यस्तै ‘सी’ ग्रेडका खेलाडीको न्युनतम मूल्य १५ हजार र अधिकतम मूल्य रु २५ हजार रुपैयाँ रहेको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close