इटालीमाथि स्कटल्याण्डको ७३ रनको फराकिलो जित

पोखरा स्पोर्ट्स ।  स्कटल्याण्डले इटालीलाई पराजित गरेको छ । जारी टी–२० विश्वकपको समुह सी अन्तर्गतको खेलमा स्कटल्याण्डले इटालीलाई ७३ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

स्कटल्याण्डले दिएको २०८ रनको लक्ष्य पछाएको इटाली १६.४ ओभरमा अल आउट हुदै १३४ रन बनाएको थियो ।

इटालीका लागि बेन मानेनटीले ५२ रन बनाएका थिए भने ह्यारी मानेनटीले ३७ रन बनाएका थिए ।

त्यसैगरी स्कटल्याण्डका बलर माइकल लिस्कले ४ विकेट लिए भने मार्ट वाटले २ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको स्कटल्याण्डले २० ओभरमा ४ विकेट गुमाएर २०७ रन बनाएको थियो ।  

स्कटल्याण्डका लागि जर्ज मुन्सीले सर्बाधिक ८४ रन बनाएका थिए भने ब्रान्डन म्याकमुलेनले ४१, माइकल जोन्सले ३७ रन बनाएका थिए ।

त्यसैगरी इटालीका बलर अलि हसन, ग्रान्ट स्टेवार्ट, थोमस ड्राका र जेजे स्मटसले एक एक विकेट लिएका थिए । 

यस खेलमा इटालीका कप्ताब वाने माडसन घाइते भएका छन् । खेलको चौथो ओभरमा फिल्डिङको क्रममा उनको काँधमा चोट लागेपछि उनी मैदान बाहिर गएका थिए । उनको एक्सरे गर्न अस्पताल लगिएको बताइएको छ । उनी ब्याटिंगका लागि आउन सकेका थिएनन् ।

यो स्कटल्याण्डको दोस्रो खेलमा पहिलो जित हो भने इटालीले आफ्नो विश्वकपकै पहिलो खेलमा हारबाट शुरुवात गरेको छ । 

अब इटालीले आगामी विहिबार नेपालसँग खेल्ने छ बने स्कटल्याण्डले आफ्नो तेस्रो खेल आगामी शनिबार इङल्याण्डसँग खेल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close