लिभरकुसनमाथि पिएसजीको गोल बर्षा

पोखरा स्पोर्ट्स ।  पिएसजी युइएफए च्याम्पियन्स लिगमा अपराजित रहेको छ । गएराती सम्पन्न खेलमा पिएसजीले जर्मनी क्लब बायर लिभरकुसेनलाई ७-२ गोल अन्तरले पराजित गरेको छ ।

पिएसजीको जितमा डिजायर डोउले २ गोल गरेका थिए भने विलियम पाचो, केभिचा केभारतखेलिया, नुनो मेन्डिज, ओसमान डेम्बेले र भितिन्हाले एक एक गोल गरेका थिए । त्यस्तै लिभरकुसनका लागि एलेक्सिस ग्रासियाले २ गोल गरेका थिए ।

यस खेलमा लिभरकुसेनका रोबेर्ट एन्ड्रीच र पिएसजीका इलिया जबार्नीले रातो कार्ड पाएपछि दुवै टिम १०-१० खेलाडीमा सिमित भएका थिए ।

यो जितपछि पिएसजी यस सिजनमा अपराजित रहदै ३ खेलमा ९ अंकसहित शिर्ष स्थानमा रहेको छ । त्यसैगरि बायर लिभरकुसेनको ३ खेलमा २ अंक रहेको छ र हाल २७औं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close