राष्ट्रिय जुनियर टेनिस : सारा यु–१४ गर्ल्स सिंगल्स च्याम्पियन

पोखरा स्पोर्ट्स । फ्ल्यास स्पोर्ट्स राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताको यु–१४ गर्ल्स सिंगल्सतर्फ सारा पन्त च्याम्पियन बनेकी छन् । फ्ल्यास स्पोर्ट्स टेनिस एकेडेमीको आयोजनामा बूढानीलकण्ठमा जारी प्रतियोगिताको आइतबार सम्पन्न फाइनलमा साराले अनुश्री ध्वजुलाई ६–४ र ६–२ को सोझो सेटमा पराजित गरिन् ।

यु–१४ ब्वाइज सिंगल्समा विश्वविशेष डल्लाकोटी र अर्याशराज पौडेल फाइनलमा प्रवेश गरेका छन् । सेमिफाइनलमा विश्वाले प्रारथ्या रिजाललाई ६–१, ६–१ तथा अर्याशले सभ्यजंग कार्कीलाई ६–२, ६–२ ले पराजित गरे ।

यु–१८ सिंगल्समा ब्वाइजतर्फ आयुशमान हजुर घले र गर्ल्सतर्फ स्वस्तिका विष्ट विजेता बने । फाइनलमा आयुशमानले असभसम्राट हाडालाई ६–१, ६–१ तथा स्वस्तिकाले आद्या पौडेललाई ६–१, ६–२ ले हराइन् ।

यु–८ ब्वाइज सिंगल्समा सर्वज्ञजंग खत्री तथा गर्ल्सतर्फ भानी राजभण्डारी शीर्ष स्थानमा रहे । यु–१६ गर्ल्स सिंगल्समा स्वस्तिका विष्टले उपाधि आफ्नो नाममा लेखाउँदा ब्वाइजतर्फ साङ्गे रोकाया र असभसम्राट हाडा फाइनलमा पुगेका छन् ।

अन्य स्पर्धामा यु–९ ब्वाइज सिंगल्समा टोनिस श्रेष्ठ, यु–१० गर्ल्स सिंगल्समा निम्ति कुँवर र यु–१२ ब्वाइज सिंगल्समा आरित मल्ल च्याम्पियन बने ।

ब्वाइज डबल्सतर्फ दर्सिल श्रेष्ठ र असभसम्राट हाडाको जोडीले उपाधि जितेको छ । उक्त जोडीले फाइनलमा शास्वत वज्राचार्य र आयुशमान हजुर घलेको जोडीलाई ६–४, ५–७ र १०–७ ले हराए । प्रतियोगिता सोमबार सम्पन्न हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close