संघिय मन्त्री श्रेष्ठलाई गण्डकी टेनिसले गर्‍यो स्वागत, सुधारगृहका बालबालिकालाई खेलकुदमा जोड्छौं

पोखरा स्पोर्ट्स । संधिय सरकारका महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठलाई गण्डकी प्रदेश टेनिस संघले पोखरामा स्वागत गरेको छ ।

संघले पोखरामा एक कार्यक्रमको आयोजना गरी मन्त्री श्रेष्ठलाई स्वागत गरेको हो । स्वागतका लागि आभार व्यक्त गर्दै मन्त्री श्रेष्ठले बालसुधारगृहमा रहेका बालबालिकालाई खेलकुदमा जोड्न आवश्यक रहेको कुरा औंल्याइन । पोखरा १८ स्थित बालसुधारगृह्रमा समेत आफूले अवलोकन गरेको जानकारी दिंदै उनले त्यहाँ रहेका बालबालिकालाई खेलकुदसँग जोड्न सके उनीहरु अनुशासित नागरिकको रुपमा समाजमा स्थापित हुन सक्ने बताइन् ।

मन्त्री श्रेष्ठ पोखरामा आयोजित विभिन्न कार्यक्रममको सन्दर्भमा यहाँ आएको जानकारी दिंदै देशभर रहेका बाल सुधारगृहमा आश्रित बालबालिका बारेमा मन्त्रालयको गम्भिर चासो रहेको जनाउँदै भनिन्–“जसरी गण्डकी टेनिस संघले विपन्न वर्गका बालबालिकालाई खेलकुदमा जोड्दै उनीहरुमा अनुशासनसँगै जिवनस्तर उठाउने कार्य गरेको छ । त्यो प्रशंसनिय छ । हामी यहाँहरुसँग मिलेर पोखराको बाल सुधारगृहमा रहेका बालबालिकालाई समेत जोड्ने गरी खेलकुदमार्फत समाजमा योग्य नागरिकसँगै खेलाडीको रुपमा उनीहरुलाई स्थापित गराउन प्रयास गर्नेछौं ।”

नागरिकका लागि स्थास्थ्य र अनुशासन पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले आफू लामो समय पर्यटन क्षेत्रमा रहेर सेवा गरे पनि नयाँ भूमिकामा आउँदा आफूले धेरै सिक्ने अवसर प्राप्त गरेको बताउँदै गण्डकी टेनिसको अभियानमा आफ्नो सक्रिय सहयोग रहने प्रतिवद्धता समेत व्यक्त गरिन् । उनले भनिन्–हुन त म खेलकुद मन्त्री होइन । तर पनि असल नागरिक स्थापित गर्न खेलकुद अपरिहार्य छ । यहाँहरुले खेलकुदमार्फत विपन्न वर्गका बालबालिकालाई समाजसँग जोड्न गर्नु भएको प्रयासमा मेरो साथ र सहकार्य रहने छ ।”

सो अवसरमा गण्डकी प्रदेश टेनिस संघका अध्यक्ष विनोद कायस्थले मन्त्री श्रेष्ठलाई स्वागत गर्दै गण्डकी टेनिसले सञ्चालन गरेका विपन्न वर्गका बालबालिका लागि ग्रासरुट टेनिस प्रशिक्षण कार्यक्रम लगायत यो अभियानमा जोड्न संघले गरेका विभिन्न पहलकदमीका बारेमा जानकारी गराएका थिए ।

मन्त्री श्रेष्ठलाई पोखरा महानगर पालिका वडा नं १५ का अध्यक्ष एवं गण्डकी प्रदेश टेनिस संघका सल्लाहकार तोरण बहादुर बाँनिया, मन्त्रालयका उपसचिव संगिता ओझा, गण्डकी प्रदेश टेनिस संघका उपाध्यक्ष दोर्जे लामा, गण्डकी प्रदेश टेनिस संघका उपाध्यक्ष लोक बहादुर गुरूङ, गण्डकी प्रदेश टेनिस संघका सचिब लक्ष्मण बराल, टेनिस खेलाडी उज्जवल तझ्यालगायतले स्वागत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close