छैटौँ टाइगरकप भलिबल महाकुम्भमा ‘थाइल्याण्ड क्विन्स’ टिम भिड्दै

पोखरा स्पोर्ट्स । छैटौँ टाइगरकप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता–२०८२ मा सहभागिता जनाउन पहिलो पटक महिला तर्फ थाइल्याण्ड क्विन्स भिड्ने पक्का भएको छ।

टाइगर ग्रुप अफ पोखरा, नेपालद्वारा यही माघ ९ गतेदेखि १७ गतेसम्म आयोजना हुने उक्त प्रतिष्ठित प्रतियोगितामा अन्तर्राष्ट्रिय सहभागितालाई थप मजबुत बनाउँदै पहिलो पटक थाइल्याण्डको महिला भलिबल टिम ‘थाइल्याण्ड क्विन्स’ ले सहभागिता जनाउने भएको हो ।

टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको इतिहासमै पहिलो पटक सहभागी हुन लागेको थाइल्याण्ड क्विन्स टिमको खेल प्रदर्शन कस्तो रहने भन्ने विषयमा दर्शक तथा भलिबल प्रेमीहरूमा अहिलेबाटै चासो र उत्सुकता बढेको छ । यसअघि पनि विभिन्न टिममार्फत थाइल्याण्डका खेलाडीहरूले नेपाली दर्शकको मन जित्दै आएका थिए ।

विश्वकै आर्थिक रुपले सम्मुनत प्रमुख पर्यटकीय गन्तव्य तथा खेलकुद पूर्वाधारमा समेत मजबुत मानिने थाइल्याण्डले भलिबलसहित विभिन्न खेल विधामा आफ्नो बलियो उपस्थिति जनाउँदै आएको छ । सोही देशको प्रतिनिधित्व गर्दै थाइल्याण्ड क्विन्स टिम पोखरामा प्रतिस्पर्धा गर्न लाग्नु प्रतियोगिताको आकर्षण थप बढाउने अपेक्षा गरिएको छ ।

थाइल्याण्ड क्विन्स टिमको खेलाडी तथा अफिसियल सूची

  • पट्टिया जुआङजियन – टिम कप्तान
  • चनाफोन फाङवियाङ
  • नारुएमोन सएन्थाम्फोन
  • ससिलादा वोंगवान
  • फात्सुदा ओन्डुआङ
  • पावोर्नवान कामसुक
  • निचाकोर्न फोला
  • याओवाफा पन्याबुट
  • विमोनफान नामफाङ
  • पथित्ता नाकसोम्पोई
  • एएमोन फिमकोड
  • शावाट्टा लुएफोखियु
  • अफिसियल टिम
  • साइमाई पालाद्स्रिचुआय – मुख्य प्रशिक्षक
  • रमेश पराजुली – म्यानेजिङ डाइरेक्टर
  • उत्सव शाक्य – जनरल म्यानेजर
  • अबिस्कार विक्रम राई – टिम म्यानेजर

यसै गरी महिलातर्फ तीन विभागिय टोली नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब र एपिएफ क्लबसहित एभरेष्ट भलिबल क्लब र टिपटप न्यू डायमण्ड युथ स्पोर्ट्स क्लबको सहभागिता हुने छ भने पुरुषतर्फ तीन विभागिय टोली नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब र एपिएफ क्लब, गण्डकी प्रदेश भलिबल संघ, पर्वत जिल्ला भलिबल संघ र मालदिभ्स भलिबल एशोसिएसन क्लबको सहभागिता हुनेछ ।

‘छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता–२०८२’ को संयोजकमा राजकुमार गुरूङ र सहसंयोजकमा डोलराज पोखरेल (डिआर) रहेका छन् भने मुल आयोजक समितिको संयोजकमा अध्यक्ष नारायण प्रसाद शर्मा छन् ।

प्रतियोगितालाई भव्य तथा सभ्य रूपमा सम्पन्न गर्न १०७ सदस्यीय मुल आयोजक समितिसहित १४ वटा विभिन्न उपसमिति गठन गरी जिम्मेवारी बाँडफाँड गरिएको सचिव डिबी नेपालीले जानकारी दिए ।

छैटौ संस्करणको च्याम्पियन हुने महिला तथा पुरूष दुबैतर्फ बिजेता टोलीले ६ लाख ६६ हजार ६६६ नगद प्राप्त गर्नेछन् भने उपविजेताले नगद रु ३ लाख ६६ हजार ६६६ तथा तेस्रो हुने टिमले २ लाख ६ हजार ६६६ हात पार्नेछन् ।

यसै गरी सर्वोत्कृष्ट खेलाडीले नगद रु २६ हजार ६६६ प्राप्त गर्दा अन्य विद्यागत महिला तथा पुरुष उत्कृष्ट हुने खेलाडीले समान नगद रु ११ हजार ६६६ का साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

पाचौं टाइगर कप भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको थियो भने महिलातर्फ आयोजक टोली टाइगर ग्रुपले पहिलो पटक उपाधि जितेको थियो ।

अन्तर्राष्ट्रिय टिमको सहभागितासँगै छैटौँ टाइगर कप भलिबल च्याम्पियनसिप थप प्रतिस्पर्धात्मक र रोमाञ्चक बन्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pokhara Marathon 2026


This will close in 3 seconds

Close
Close