‘प्रशिक्षक वाइल्डको व्यबहारले टिममा विवाद आयो’-एन्फा

पोखरा स्पोर्टस ।  अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला फुटबल टिमका प्रमुख प्रशिक्षक प्याट्रिक डे वाइल्डको व्यबहारले टिममा विवाद आएको बताएको छ ।  

बुधबार एएफसी एसियन कप छनोट खेल्न उज्बेकिस्तान गएको नेपाली टोलीका अफिसियलहरुले एन्फा कम्प्लेक्समा पत्रकार सम्मेलन गर्दै कप्तान चयन लगायतका विषयमा प्रमुख प्रशिक्षक वाइल्डका कारण टिममा विवाद भएको स्पष्ट गरेका हुन् ।

टिम व्यवस्थापक तथा एन्फा कार्यकारी समिति सदस्य सरिला श्रेष्ठले प्रशिक्षक वाइल्डले शुरुदेखिनै एन्जिलालाई कप्तान नबनाउने बताएको तर अन्तिम समयसम्म पनि नयाँ कप्तानको नाम नदिएको आरोप लगाइन् ।

एएफसी एसियन कप छनोटको पहिलो खेलको केहि समय अघि समेत कप्तानको टुंगो नलगाएपछि आफुहरुले एएफसीको दबाब झेल्न नसकेर सिनियर खेलाडीको रुपमा रेनुका नगरकोटीलाई कप्तान बनाएको स्पष्टीकरण दिएकी छन् । अफिसियलले नगरकोटीलाई कप्तान बनाएपछि खेल शुरु हुनुअघि मात्र वाइल्डले सावित्रा भण्डारी साम्बा कप्तान भएको बताएको श्रेष्ठले जानकारी दिईन । 

उनले साम्बालाई कप्तान बनाउँदा आफूहरूलाई कुनै आपत्ति नभएपनि वाइल्डले किन यसरी कप्तान घोषणा गरे भन्ने अस्पष्ट रहेको बताइन् ।  

त्यस्तै महिला टिमका सहायक प्रशिक्षक रहेका राजेन्द्र तामाङले पनि वाइल्डको व्यवहार अनौठो रहेको बताए ।

वाइल्ड उज्बेकिस्तानबाट काठमाडौँ नआएर बेल्जियम गएका छन् । उनले एन्फाको व्यवस्थापन निकै कमजोर रहेको र उनीहरुले नेपाली फुटबल सुधार्न नचाहेको आरोप लगाएका थिए । उनले टिमका खेलाडी पेनाल्टी हान्न समेत नमानेको बताउदै खेल अघि प्रधानमन्त्रीसंग भएको कुराकानीले पनि खेलाडीमा दबाब बढेको बताएका थिए । 

नेपाली टिमले एशियन छनौटमा आक्रामक खेल खेलाएका प्रशिक्षक वाइल्ड अब आफ्नो जिम्मेवारीमा फर्किने बारे अझ अन्योल बढेको छ । असिफियलहरुले पनि अब वाइल्डसँग कुरा गरेपछि मात्र सबै कुरा स्पष्ट हुने बताएका छन् ।

एन्फाले जेठ २२ गते राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा बेल्जियमका वाइल्डलाई नियुक्त गरेको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pokhara Marathon 2026


This will close in 3 seconds

Close
Close