एनभीए भलिबल च्याम्पियनसिप: पुरुषतर्फको उपाधि हेल्प नेपालले जित्यो

पोखरा स्पोर्ट्स ।  नवौं एनभीए महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तर्गत पुरुषतर्फको उपाधि हेल्प नेपाल स्पोर्ट्स क्लबले जितेको छ ।

शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको पुरुषतर्फको फाइनल खेलमा हेल्प नेपालले त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो ।

हेल्प नेपालको यो लगातार तेस्रो उपाधि हो ।

यसअघि महिला तर्फको उपाधि न्यू डायमण्ड स्पोर्ट्स क्लबले जितेको थियो ।

महिलातर्फको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३-० को सोझो सेटमा हराउदै न्यू डाइमण्ड स्पोर्ट्स क्लबले उपाधि जितेको हो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close