विश्व र्याफ्टिङ च्याम्पियनशिपमा सहभागी हुन नेपाली खेलाडी अष्ट्रेलिया जाने

केशब पाठक,
पोखरा, २१ बैशाख । अन्तर्राष्ट्रिय र्याफटिङ महासंघको आयोजनामा अष्ट्रेलियाको क्यानमा हुने दोश्रो विश्व र्याफ्टिङ च्याम्पियिशपमा सहभागिता जनाउन नेपाली आठ सदस्यिय टोली त्यस तर्फ जाने भएको छ ।

पोखरामा शनिबार आयोजित एक कार्यक्रममा च्याम्पियनसिपमा सहभागी हुने टिमलाई गण्डकी प्रदेश सांसद राजिब पहारीले नेपालको झण्डा हस्तान्तरण र रेवान पोखरा तथा पोखरा पर्यटन परिषदका अध्यक्ष लगायतले खादा लगाई बिदाई गरेका हुन् । उनीहरु मे ७ तारिखका दिन नेपाल बाट त्यस तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

यहि मे १६–१९, २०१९ (जेठ २ देखि ५) मा दक्षिण अष्ट्रेलियाको क्वीन्स ल्याण्डको टुली नदीमा आयोजना हुने उक्त प्रतियोगितामा ३० भन्दा वढी देशका खेलाडीहरुले सहभागिता जनाउँदै छन ।

नेपाल बाट सहभागिता जनाउने सात जना खेलाडीमा टिम कप्तान सुरज गुरुङ, सुनिल गुरुङ, पदम गुरुङ, शबिन गुरुङ, बितेज गुरुङ, शक्ति कुमार गुरुङ र रबिल मिया रहेका छन । त्यसै गरि टिम प्रशिक्षकमा निम बहादुर मगर रहेका छन । निम बहादुर नेपाल एजेन्सीज र्याफ्टिङ एशोसियशनका (नारा) का केन्द्रिय अध्यक्ष समेत हुन ।

यस अघि नेपालले जापानमा २०१७ मा सम्पन्न पहिलो विश्व र्याफ्टिङमा च्याम्पियनशिपमा पहिलो पटक सहभागिता जनाएको नेपाली टिमका प्रशिक्षक निमले बताए । उनले भने–‘हामी विश्व र्याफ्टिङमा अव्वल छौ भन्ने कुरा प्रमाणित गर्नु छ, हामीले यो पटक पदक ल्याउने प्रयास गरेका छौं ।’

जापानमा सन २०१७ मा नेपालले २५ देश भित्र १३ औं स्थानमा आफूलाई उभ्याएको थियो । नेपालले स्प्रिन्ट, हेड टु हेड, सालोलम र डाउन रिभर गरि सबै इभेन्टमा पदक जित्न र ओभरअल रुपमा च्याम्पियन बन्ने प्रयास गरिने प्रशिक्षक निमले बताए । ‘नेपालले यस पटक १० औं स्थान सम्म ल्याउन सकेमा पनि आगामी वर्ष चिलीमा हुने प्रतियोगितामा जाँदा कुनै खर्च नलाग्ने हुन्छ’ उनले भने–‘त्यसका लागि पनि नेपाली टिमले आफ्नो क्षमता पदर्शित गर्नेछ ।’

अष्ट्रेलिया जाँदा मात्रै यस पटक ३४ लाख खर्च लाग्ने भएको प्रशिक्षकले निमले बताएका छन । ‘हामीलाई केही गाउँपालिकाहरु र केही सहयोगी मनहरुबाट गरि १४ लाख संकलन भएको छ तर अरु रकम कसरी व्यवस्थापन गर्ने भन्ने समस्या भएको छ’ उनले भने–‘हामीले यसका लागि राष्ट्रिय खेलकुद परिषद संग पनि कुरा गरेका छौं ।’ अहिलो सम्म  चितवनको इच्छामनकामना गाउँपालिका, कुरिनटार, वेनीघाट रोराङ गाउपालिका वेनीघाट, गण्डकी गाउँपालिका गोरखा र शहिद लखन गाउँपालिका घैरुङले केही सहयोग गरेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close