क्रिकेटर करण केसी र वर्षा बस्नेतले गरे इन्गेजमेन्ट

पोखरा स्पोर्ट्स ।  नेपाली राष्ट्रिय क्रिकेट टिम का बलर करण केसीले वर्षा बस्नेतसँग इन्गेजमेन्ट गरेका छन् ।

शुक्रबार करण केसीले भने वर्षासँग इन्गेजमेन्ट गरेको भन्दै दुवै जनाले औठी लगाएको तस्बिर सर्वजनिक गरेका छन् । 

करणले सामाजिक सञ्जालमा तस्बीर शेयर गर्दै भनेका छन्- ‘फरएभर स्टार्स नाव’

दुवै जना लामो समयदेखि प्रेम सम्बन्धमा रहेको चर्चा चलेपनि औपचारिक रूपमा उनीहरुले यसको पुष्टि यसअघि गरेका थिएनन् ।

नयाँ बर्षको अवसरमा वर्षाले औठी लगाएको तस्बीर सार्बजनिक गरेपछि उनले करणसँग इन्गेजमेन्ट गरेको चर्चा सामाजिक संजालमा गरिएको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close