जुनियर यु–१४ राष्ट्रिय खेलकुद प्रतियोगिता जेठ तेस्रो साता

पोखरा स्पोर्टस । राष्ट्रिय खेलकुद परिषद्ले यु–१४ विद्यालय खेलकुद आगामी जेठ २१ गते देखि काठमाण्डौमा सन्चालन गर्ने भएको छ । प्रतियोगिताको संयोजक राखेप कार्यकारी समिति सदस्य रन्जना श्रेष्ठको अध्यक्षतामा बसेको सरोकारवालको बैठकले प्रतियोगिताको मिति निर्धारण गरेको हो ।

प्रतियोगिता अन्तर्गत एथलेटिक्स, टेबुलटेनिस, बास्केटबल रग्वी जुडो र छात्र क्रिकेटका प्रतिष्पर्धा हुने प्रतियोगिता विभाग प्रमुख मीनकुमार शर्माले जानकारी दिएका छन् ।

विद्यालय खेलकुद महासंघ, प्याव्सन, एन प्याब्सन, नेपाल शिक्षक महासंघ तथा खेल संघहरुका प्रतिनिधि सभागी बैठकले जेठ १२ गते भित्र जिल्ला र १७ गते भित्र प्रदेश छनौट गरी सक्ने निर्णय गरेको छ ।

प्रत्येक प्रदेशबाट ६ खेलका ६८ जनाका दरले जम्मा ४ सय ७६ जना खेलाडीले प्रतियोगितामा भाग लिने संयोजक श्रेष्ठले जानकारी दिए ।

यस्तै प्रतियोगिताको उद्घाटन २१ गते हुने भए पनि क्रिकेट खेल जेठ २० गते नै सुरु हुने भएको छ । प्रतियोगिताको संयोजन नेपाल विद्यालय खेलकुद महासंघले गर्ने भएको छ । बैठकले जिल्ला तथा प्रदेश छनौटका लागि समिति गठन सहित कार्य विवरण समेत निर्धारण गरेको शर्माले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close