नेपाल एसीसी यू–१९ प्रिमियर कपको फाइनलमा युएईसँग पराजित

पोखरा स्पोर्टस ।   युइए एसीसी पुरुष यू–१९ प्रिमियर कपको च्याम्पियन बनेको छ ।

सोमबार भएको फाइनल खेलमा नेपाललाई २७ रनले पराजित गर्दै युएईले प्रतियोगिताको उपाधि जितेको हो ।

फाइनलमा युएईले दिएको १४८ रनको लक्ष्य पछाएको नेपालले ३३.२ ओभरमा अल आउट हुदै १२० रन मात्र बनाएको थियो ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको युएईले ४५.५ ओभरमा अलआउट हुदै १४७ रन बनाएको थियो ।

नेपाल फाइनलमा पराजित भएपनि आगामी डिसेम्बरमा हुने यू-१९ एशिया कपमा भने छनौट भएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close