राष्ट्रपति पौडेलद्वारा एसीसी यु-१६ पुरुष ईष्ट जोन कप विजेता टिमलाई बधाई

पोखरा स्पोर्ट्स  । राष्ट्रपति रामचन्द्र पौडेलले एसीसी यु-१६ पुरुष ईष्ट जोन कप विजेता नेपाल यु-१६ क्रिकेट टिमलाई बधाई ज्ञापन गरेका छन् ।

आइतबार साँझ स्वदेश फर्किएको नेपाली युवा टिमलाई राष्ट्रपति पौडेलले सोमबार राष्ट्रपति भवनमा शितल निवासमा आयोजित कार्यक्रममा बधाई दिएका हुन् ।

नेपालले शनिबार सम्पन्न फाइनल खेलमा सिंगापुरलाई पराजित गर्दै एसीसी यु-१६ पुरुष ईष्ट जोन कप जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close