
पोखरा स्पोर्टस । नेपाल अटोमोबाईल्स एसोसिएसन (नासा नेपाल)को आयोजनामा गण्डकी प्रदेशमा पहिलो पटक राष्ट्रियस्तरको बाइक रोड रेसिङ, प्रतियोगिता सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै राखेपका पूर्व सदस्य सम्पन्न श्रेष्ठले गण्डकी सहाशिक खेलकुदको गन्तव्य बनाउन यस प्रकारका प्रतियोगिताहरुको भूमिका अहम हुने बताए । उनले भने–“सुरक्षित खेल आयोजना संगै सहाशिक खेलकुदका गन्तव्य तथा खेलहरु समेत पहिचान गर्न सके गण्डकी प्रदेशमा पर्यटक खोज्दै हिड्नु पर्दैन ।” क्षेत्रिय खेलकुदका निवर्तमान अध्यक्ष समेत रहेका उनले पोखरालाई केन्द्र विन्दुमा राखेर गण्डकीका अन्य जिल्लाहरुमा समेत यस प्रकारका सहाशिक खेलहरु आयोजना गर्न आयोजक र प्रदेश सरकारलाई आग्रह गरे ।
शुक्रबार र शनिबार गरी दुई दिन सम्म सञ्चालन भएको प्रतियोगितामा ४७ जना राइडरहरुलाई उछिन्दै आशिक लामा बने च्याम्पियन भएका हुन् । पोखरा रंगशालामा आयोजित उक्त प्रतियोगिता प्रदेशमै पहिलो पटक आयोजना गरिएको हो । प्रतियोगितामा आयोजित दुई छुट्टा-छुट्टै इभेन्ट अन्तर्गत भएको नेपाल रोड रेसिङ च्याम्पियनसिप तर्फ राजकुमार कार्की दोस्रो र युकेश थापा तेस्रो हुन सफल भए ।
प्रतिस्पर्धा अन्तर्गत नोभिस विद्यामा भने निमेश ठकुरी पहिलो भए भने दिलिप दनुवार दोश्रा तथा मङ्गगेष जोशी तेश्रो भएका छन् । नेशनल तर्फ १८ राइडर्सले सहभागिता जनाएका थिए ।
प्रतियोगितामा नोभिस र नेशनल गरी दुई क्याटेगोरीमा १ सय ५० सीसीको मोटरसाईकल रेसिङ गरिएको थियो । प्रतियोगितामा प्रथम हुनेले ७७ हजार, दोश्रोले ५५ हजार र तेस्रोले ४४ हजार रुपैयाँ नगद प्रदान गरिएको थियो ।
यमाहा मोटरसाइकल मूख्य प्रायोजक रहेको रेसिङका विजयीहरुलाई गण्डकी प्रदेशका सांसद तथा पूर्व खेलकुद मन्त्री राजीव गुरुङ्ग, निवर्तमान राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य सम्पन्न श्रेष्ठलागयतले विजेतालाई नगद तथा पुरस्कार वितरण गरेका थिए ।
सो अवसरमा बोल्दै गण्डकी प्रदेशका सांसद तथा पूर्व खेलकुद मन्त्री राजीव गुरुङले यस प्रकारका प्रतियोगिताहरु आयोजना गर्न आगामी वर्षको बजेटमा विनियोजन गर्न आफ्नो तर्फबाट सक्दो पहल हुने बताए ।
कार्यक्रममा बोल्दै राखेपका पूर्व सदस्य सम्पन्न श्रेष्ठले गण्डकी सहाशिक खेलकुदको गन्तव्य बनाउन यस प्रकारका प्रतियोगिताहरुको भूमिका अहम हुने बताए । उनले भने–“सुरक्षित खेल आयोजना संगै सहाशिक खेलकुदका गन्तव्य तथा खेलहरु समेत पहिचान गर्न सके गण्डकी प्रदेशमा पर्यटक खोज्दै हिड्नु पर्दैन ।” क्षेत्रिय खेलकुदका निवर्तमान अध्यक्ष समेत रहेका उनले पोखरालाई केन्द्र विन्दुमा राखेर गण्डकीका अन्य जिल्लाहरुमा समेत यस प्रकारका सहाशिक खेलहरु आयोजना गर्न आयोजक र प्रदेश सरकारलाई आग्रह गरे ।
पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दिपकबहादुर गोदारको अध्यक्षतामा भएको समापन कार्यक्रममा नासा नेपालका सचिव सन्तोष न्यौपाने, प्रदेश खेलकुद परिषदका सदस्य योगेन्द्र गुरुङ्ग तथा आकृती भण्डारी र पश्चिमाञ्चल खेलकुद विकास समिति पोखराका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगी लगायतको सहभागिता रहेको थियो ।
विश्वकै लोकप्रिय मानिएको मोटरसाईकल रेसिङ सन् २००८ बाट नेपालमा प्रवेश भएको हो ।