मोनाकोसँग पीएसजी स्तब्ध

पोखरा स्पोर्ट्स ।  फ्रेन्च लिग वान अन्तर्गतको खेलमा पीएसजी पराजित भएको छ । गएराती सम्पन्न खेलमा पिएसजी मोनाकोसँग १-० गोल अन्तरले पराजित भएको हो ।

मोनाकोको जितमा खेलको ६८औं मिनेटमा ताकुमी मिनामिनोले गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो ।

त्यस्तै यस खेलमा खेलको ८०औं मिनेटमा थिलो केहरेरले रातो कार्ड पाएपछि मोनाको १० खेलाडीमा सिमित भएको थियो ।

यो जितपछि मोनाकोको १४ खेलमा २३ अंक भएको छ भने लिगमा छैटौं स्थानमा उक्लिएको छ । त्यस्तै पीएसजीको १४ खेलमा ३० अंक रहेको छ भने शिर्ष स्थानमा कायम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close