गण्डकी प्रदेश कराते महासंघको अध्यक्षमा थापा

पोखरा स्पोर्ट्स । गण्डकी प्रदेश कराते महासंघको अध्यक्ष मनिराज थापा मगर निर्वाचित भएका छन् ।

पोखरामा शुक्रबार सम्पन्न महासंघको प्रथम अधिवेशनले उनीसहित सम्पूर्ण कार्यसमिति आगामी चार वर्षका लागि सर्वसम्मत निर्वाचित गरेको हो । कार्यसमितिको उपाध्यक्षमा धन लामा र राधा तामाङ्ग लामा, महासचिबमा भुपराज पाठक, सचिबमा विक्रम घले, कोषाध्यक्षमा छबिलाल गाहा सर्वसम्मत निर्वाचित भए ।

यसै गरी कार्यसमिति सदस्यमा राम बहादुर थापा, विमला नेपाली, शुलभ श्रेष्ठ, प्रतिष्ठा लामिछाने र मनराज भण्डारी निर्वाचित भएका छन् ।

नवनिर्वाचित अध्यक्ष थापाले आफ्नो कार्यकालमा प्रदेशको कराते खेल विकासमा परिषद र सरोकारवालाहरुसँग सहकार्य गर्दै अघि बढ्ने बताए ।

कार्यक्रममा प्रदेश खेलकुदका सदस्य कन्चन थापा कोइराला, पूर्व सदस्य एवं खेल पत्रकार केशव पाठक, नेपाल कराते महासंघका वरिष्ठ उपाध्यक्ष मनिन्द्र सिं, नेपाल सितेरियो करातेका प्रमुख प्रशिक्षक सुरेन्द्र गुरूङलगायतले आफ्ना भनाई राख्दै नवनिर्वाचित कार्यसमितिलाई बधाई दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

This will close in 3 seconds

Close
Close