
पोखरा स्पोर्ट्स । पोखरामा पहिलो पटक राष्ट्रिय अटोक्रस च्याम्पियनसिप २०२५ हुने भएको छ । पोखरालाई मोटरस्पोर्टसको हव बनाउने गरी सो प्रतियोगिताको तयारी थालिएको नासा गण्डकी प्रदेशका अध्यक्ष शिव श्रेष्ठले जानकारी दिएका हुन् ।
काठमाण्डौ पछि पोखरामा दोस्रो पटक आयोजना हुने थालेको सो प्रतियोगिता पोखरा २३ स्थित बाम्दीमा पुष ११ गते हुने तय भएको आयोजक मध्येका एक आशिष रौनियारले बताए ।
फेडेरशन इन्टरनेशनल डि अटोमोवाइल (एफआइए)द्वारा मान्यता प्राप्त अटोक्रस च्याम्पियनसिप पोखरा महानगर पालिकाको प्रवर्द्धन, जायोन ओभरल्याण्डको आयोजना, मोटोभर्स स्पोर्ट्स क्लबको सहकार्य तथा नासा गण्डकीको समन्वयमा हुनेछ ।
पोखरामा साहसिक खेलमार्फत पर्यटन तथा अटोमोबाइलको अटोक्रस स्पोर्ट्सलाई प्रवर्द्धन गर्ने उद्देश्यसहति आयोजना हुन लागेको यस च्याम्पयिनसिपमा दुई क्याटोगरीमा प्रतस्पिर्धा हुनेछ । जसमा क्याटोगोरी ‘ए’ २००० सिसी भन्दा कम क्षमता भएका कार र क्याटोगोरी ‘बी’ २००० सिसी भन्दा माथिका गरी २४ कारको सहभागिता हुनेछ ।
एफआइएद्वारा मान्यता प्राप्त अटोक्रस च्याम्पियनसिपले यो खेलमा अभिरुची राख्ने ड्राइभरहरुका लागि महत्वपूर्ण प्रतियोगिता अवसरको रुपमा लिने विश्वास आयोजकको छ । सडक सुरक्षाको विशेषता समेत रहेको यो प्रतियोगिताले नेपाली ड्राइभरहरुको क्षमता अभिवृद्धि संगै उनीहरुलाई अन्तर्राष्ट्रिय एरिना सम्म पुग्न महत्वपूर्ण भूमिका खेल्ने दावी गरिएको छ ।
प्रतियोगिताले पोखराको सहाशिक अटोमोबाइल खेलकोस्तर उकास्न, प्रतिभाशाली चालकहरूलाई राष्ट्रिय प्लेटफर्म दिन तथा गण्डकी प्रदेशको राजधानी पोखरालाई मोटर स्पोर्टस मार्फत पर्यटनलाई प्रवर्द्धन गर्ने विश्वास लिइएको छ ।
