दृष्टिविहिन महिला टि२० विश्वकप : भारतलाई उपाधि, नेपाल उपविजेता

पोखरा स्पोर्ट्स । दृष्टिविहिन महिला टि२० विश्वकप फाइनल खेलमा भारतले नेपाललाई पराजित गर्दै उपाधि जितेको छ भने नेपाल उपविजेता बनेको छ । दृष्टिविहिन क्रिकेटमा पहिलो पटक आयोजना भएको विश्वकपमा भारतले नेपाललाई ७ विकेटले पराजित गरेको हो ।

श्रीलंकाको कोलोम्बोमा आइतबार सम्पन्न फाइनल भिडन्तमा क्रिकेटको पावर हाउस भारतले टस जितेर नेपाललाई व्याटिङको निम्तो दिएको थियो । तर नेपालले अपेक्षाकृत रुपमा भारत विरुद्ध खेल्न सकेन । भारतले सम्पन्न विश्वकपमा अपराजित रहँदै उपाधि जित्दा नेपालले भने दुई खेल गुमाएको थियो । लिग र फाइनलमा भारत संग नेपाल पराजित भएको थियो ।

नेपालले २० ओभरमा ५ विकेटको क्षतीमा ११४ रन मात्रै बनाउन सक्यो । ११५ रनको लक्ष्य पछ्याएको भारतले ११७ रन बनायो । भरातले ११.४ ओभरमा ३ विकेट गुमाउँदै उपाधि आफ्नो नाममा लेखायो ।

पारीको सुरूवात गरेको नेपालले आफ्ना भरपर्दा दुई खेलाडी विनिता पुन र मनकेसी चौधरीलाई झिनो रनमा गुमाएको थियो । नेपालले ८ रनमा पहिलो विकेट गुमायो । नेपाल टिमकी कप्तान विनिता पुन व्यक्तिगत ४ रनको स्कोर रन आउट हुदै पेभिलियन फर्किएकी थिइन् ।

नेपालले २४ रन बनाउँदा मनकेसी चौधरीको रुपमा दोस्रो विकेट गुमायो । मनकेसी विकेटमा जम्न सकिनन् । उनले ८ रन मात्रै बनाइन् ।

बी१ ब्याटर सुष्मा तामाङ २४ बलमा ६ रन बनाउँदा तेस्रो विकेटको रुपमा विमला राई २६ बलमा २६ रनको बनाउँदै आउट भइन् । विमला र सरिता घिमिरेको जोडीले ६१ रनको पार्टनरसिप गरेको थियो । विमला राई समेत रन लिने क्रममा २६ रन बनाएर आउट भइन् ।

नेपालले ९५ रनमा पाँचौ विकेट गुमायो । इशारा माया सुून्य रनमा आउट भइन् । सरिता घिमिरेले ३७ बलमा ३३ रन तथा विनिता सोमाईले व्यक्तिगत ९ रनको योगदान दिइन् ।

यता भारतले लक्ष्य पछ्याउने क्रममा ए देबीले २ रन बनाउँदै रन आउट भइन् । डि थिमबालाहाटी ७ रन बनाइन । भारतिय टिमका दुबै ओपनर व्याटरलाई सरिता घिमिरेले रन आउट गरेकी थिइन् । तर तेस्रो क्रममा मैदानमा आएका करुणा कुमारी चौथो क्रमकी व्याटर पुला सारेनले भारतलाई जितको नजिक पुर्याए । कुमारीले २७ बलमा ४२ रन बनाउदै आउट हुँदा सुरेन र बसन्ती हाँस्दाको जोडीले भारतलाई जिततर्फ डोर्याए । सुरेनले २६ बलमा ४४ रन बसन्तीले १२ रनको योगदान दिइन् ।

नेपाली टिममा गीता पौडेल, विनिता पुन, विनिता सोमाई, दिल्ली सरा धमला, देवकी थापा मगर, अङ्गिला ढकाल, मनकेशी चौधरी, कान्ती डगौरा, सरिता घिमिरे, सुनीता भुजेल, सुष्मा तामाङ, पुनम चौधरी, लक्ष्मी तामाङ, एसरा माया लुङ्गेली मगर, विमला राई र प्रतिभा राई रहेका थिए ।

त्यस्तै, टिम प्रमुख प्रशिक्षक पुरनसिंह खत्री, सहायक प्रशिक्षकमा नरेन्द्र निरौला र टिम म्यानेजर भगवती भट्टराई बराल रहेका थिए । प्रतियोगिता गत कार्तिक २७ गतेबाट सुरू भएको थियो । सो विश्वपकमा नेपालसहित ७ देशको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close