बिटी कपमा दोस्रो चरण अन्तर्गत ८ खेल सम्पन्न

पोखरा स्पोर्टस । बिटी क्लबको आयोजनामा पोखरा १ बगरस्थित पुरानो टुडिखेलमा जारी १५ औं बिटी कप पाँचौ विरेन स्मृति सेभेन ए साईडमा दोस्रो चरणमा ८ खेल सम्पन्न भएका छन् ।

क्लबका अध्यक्ष विजया गुरुङका अनुसार आज भएको दोस्रो चरणको खेल अन्तर्गत तारा एफसी र नयांगल्ली बिच भएको छैटौं खेलमा तारा एफसी क्वाटरफाइनलमा प्रवेश गरेको हो । यसअघि तारा एफसी वाईसीएल एफसीको अनुपस्थितिमा वाकओभर मार्फत विजयी बनेको थियो । गुरुङले उक्त खेलसँगै आज दोस्रो चरणका ८ खेल सकिएको बताईन् ।

पहिलो खेलमा एयरपोर्ट एफसीले भदौरे एफसीलाई ४–० गोलको फराकिलो अन्तरले पराजित गरेको छ । एयरपोर्टको जितमा सिआर गुरुङले २ गोलको योगदान दिए भने अनिल महर्जन र निरज चौधरीले समान १ गोल गरे । दोस्रो खेलमा आयोजक सेतोले बैले एफसीलाई ३–० गोल अन्तरले हरायो । आयोजकको जितमा अन्जन देवकोटा, राम्जी र टिकाराज गुरुङले समान १ गोल गरे ।

त्यसैगरी तेस्रो खेलमा मसिना एफसीले सिम्पानी एफसीलाई ५–० गोलको फराकिलो अन्तरले सहज जित निकाल्यो । मसिनाको जितमा दिपेश श्रेष्ठ, प्रताप गुरुङ, सञ्जु नेपाली, सिद्धान्त गुरुङ र कैलाश श्रेष्ठले समान १ गोल गरे । चौथों खेलमा करापुटार एफसी टिमले एम टुभेल ‘बि’माथी २–१ गोल अन्तरले सँघर्षपूर्ण जित निकाल्यो । करापुटारको जितमा मुकेश दुरा र कन्या गुरुङले समान १ गोलको योगदान दिए भने एम टुभेलको तर्फबाट रुविन गुरुङले सान्त्वना १ गोल गरे ।

पाँचौ खेलमा एम टुभेलले काउरे बयारघारीलाई १–० गोल अन्तरले पराजिगत गर्याे । डिफेण्डिङ च्याम्पियन एम टुभेलको जितमा काजन गुरुङले निर्णायक गोल गरे । त्यसैगरी अर्काे खेलमा एलजी एशोसियसनले दिप युनाईटेडलाई १–० गोल अन्तरले सँघर्षपूर्ण जित निकाल्यो । एलजीको जितमा सिद्धार्थ रन्जितले निर्णायक गोल गरे । आज भएको अन्तिम खेलमा स्याङ्जा एफसीले बिटी एफसीलाई २–१ गोल अन्तरले सँघर्षपूर्ण जित निकाल्यो ।

स्याङ्जाको जितमा रोनिश गुरुङ मुक्त थापाले समान १ गोल गरे भने बिटीको तर्फबाट सप्नीत गुरुङले जवाफी सान्त्वना १ गोल गरे । आयोजकका अनुसार भोली (बुधबार) पनि दोस्रो चरणका खेलहरु सञ्चालन हुनेछन् । प्रतियोगिता विजेता टोलीले १ लाख ५१ हजार १ सय ५१ र उपविजेता टोलीले ९१ हजार १ सय ११ रुपैंया प्राप्त गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close