सुरेन्द्र र शरण जुनियर टिम टेनिस नेपालको सेमीफाइनलमा

पोखरा स्पोर्ट्स । ‘खेल्छ गण्डकी’ जुनियर टेनिस प्रशिक्षण कार्यक्रमबाट उत्पादित गण्डकीका दुई यूवा टेनिस खेलाडीहरुले ललितपुरस्थित धापाखेल टेनिस कोर्टमा जारी प्रतियोगितामा सबैलाई अचम्भित पार्दै सेमीफाइनलमा प्रवेश गरेका छन् । कुनै पनि राष्ट्रियस्तरको पहिलो प्रतिस्पर्धामा सहभागिता जनाएका गण्डकीका सुरेन्द्र विक र शरण विकले सबैलाई अचम्भित पार्दै सेमीफाइनलको यात्रा तय गरेका हुन् ।

टिम टेनिस नेपालद्वारा आयोजित छैटौं सस्करणको यू–१६ तर्फ सुरेन्द्रले नेपाल जुनियर यू–१६ दोस्रो वरियताका सङ्ग्या सि रोकोयालाई २–१ सेटले पराजित गर्दैै सेमीफाइनलमा स्थान पक्का गर्दा अर्का खेलाडी शरण विकले दिर्घायु लामा लाई २–० को सोझो सेटमा पराजित गरी सेमीफाइनलको यात्रा तय गरेका छन् ।

निकै प्रतिस्पर्धात्मक खेलमा सुरेन्द्रले पहिलो सेट ६–३ ले जिते पनि दोस्रो सेट ५–७ ले गुमाउन पुगे । तर तेस्रो सेटमा उनले सङ्ग्यालाई खुलेर खेल्न दिएनन् । आफ्नो सम्पूर्ण क्षमताको प्रदर्शन गर्दै उनले तेस्रो सेट ६–२ ले जित्दै सेमिफाइनलमा पुगे ।

यता यू–१६ तर्फ नै शरणले रोमाञ्चक खेलमा दिर्घायुलाई हराउँदै अन्तिम चारमा स्थान बनाएका छन् । पहिलो सेट ६–६ को बराबरीपछि सुपर टाइमा ७–५ ले जितेका शरणले दोस्रो सेट ६–३ ले जित्दै जित सेमीफाइनल स्थान सुनिश्चित गरे ।

शनिबारबाट जारी प्रतियोगितामा गण्डकीका ६ जना खेलाडीहरुले सहभागिता जनाएका छन् । प्रदेश खेलकुद परिषद गण्डकीको सहकार्यमा गण्डकी प्रदेश टेनिस संघले करिव २ वर्ष अघिबाट सञ्चालन गरेको जुनियर टेनिस प्रशिक्षणमा ३० जना बालबालिकाहरु निरन्तर प्रशिक्षणमा छन् । प्रशिक्षणरत ति खेलाडीहरु सबै विपन्न वर्गका हुन् ।

प्रतियोगितामा सुरेन्द्र विक, अभिषेक गुरूङ, दर्शन अधिकारी र शरन विकले यू–१४ र यू १६तर्फ सिंगल्स तथा डबल्समा सहभागिता रहेको छ भने अनोमल नेपाली र अभिषेक बलयकोटीले यू–१२ र यू–१४ दुबैतर्फ प्रतिस्पर्धामा छन् । यसै गरी टिम अफिसियलमा जिया गुरूङ रहेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close