खेलकुद क्षेत्रका कर्मचारीहरुको समायोजन र दरवन्दी स्थानियतह सम्म पुर्‍याउने तयारी

पोखरा स्पोर्टस । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले खेलकुद क्षेत्रका कर्मचारीहरुको समायोजन र दरवन्दी मिलान स्थानियतह सम्म पुर्‍याउने गरी छलफल अघि बढाएको छ ।

राखपेको ११६ औं बोर्ड बैठकको निर्णय अनुसार गठित कार्यदल र आमन्त्रित प्रदेश सदस्य सचिवहरुको बिहिबार काठमाण्डौमा बसेको बैठकले छलफल अघि बढाएको हो । बैठकमा सहभागि प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माका अनुसार विगत लामो समय देखि समस्यका रुपमा बल्झिएको कर्मचारी समायोजन र दरवन्दीको विषयलाई अन्तिम रुप दिन लागिएको बताए । ओ एण्ड एम (O&M) कार्यदलको बैठकले स्थानियतह सम्म कम्तीमा एक जना कर्मचारी समायोजन र दरवन्दी गर्ने गरी बैठकमा छलफल भएको सदस्य सचिव शर्माले जनाए ।

बिहिबार सुरु भएको प्रारम्भिक छलफलमा स्थानिय तहमा कम्तिमा एक जना प्रशिक्षकको नियुक्ति संगै हरेक जिल्लामा दुई जना प्रशिक्षक सहित ३ जना प्रशासनिक तहका कर्मचारी गरि कम्तिमा ५ जना र हरेक प्रदेश कार्यालय कम्तिमा २० देखि ४० जना कर्मचारीहरु समायोजन र दरवन्दि विषयमा गम्भिर रुपमा छलफल भएको छ ।

ओ एण्ड एम कार्यदलका संयोजक एवं राखेपका उपाध्यक्ष शिव कोइराला ‘ज्वाला’को अध्यक्षतामा भएको बैठकले सातै प्रदेशका खेल पुर्वाद्धारहरु समेत प्रदेश अन्तर्गत नै रहने विषयमा समेत छलफल अगाडि बढाएको छ ।

राखेपका सदस्य सचिव टंकलाल घिसिङ सहितको उपस्थितीमा भएको बैठकले भोली (शुक्रबार) थप छलफल गरि टुङ्गोमा पुगिने र सो कार्यदलको निर्णय राखेपको आगामी बैठकमा पेश गर्ने संगै सो निर्णय मन्त्रालयमा स्विकृतीका लागि पठाउने तयारी समेत गरेको बैठकमा सहभागिहरुले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

This will close in 3 seconds

Close
Close