
पोखरा स्पोर्ट्स । आर्सनलले प्रिमियर लिग अन्तर्गत न्यूक्यासल युनाइटेडलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा आर्सनलले न्यूक्यासललाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
आर्सनलको जितमा मिकेल मेरिनो र गाब्रियल मागालहाएसले एक-एक गोल गरेका थिए । त्यसैगरी निक ओल्टरमेडले एक गोल गरेका थिए ।
१-० ले पछि परेको आर्सनलले खेलमा कमब्याक गर्दै जित हासिल गरेको थियो । न्युक्यासलले खेलको ३४औं मिनेटमा शुरुवाती गोल गरेको थियो । त्यसपछि खेलको ८४ र ९६औं मिनेटमा आर्सनलले गोल गर्दै खेलमा कमब्याक जित हासिल गरेको थियो ।
यो जितपछि आर्सनलको ६ खेलमा १३ अंक भएको छ भने लिगमा दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै न्यूक्यासलको भने यस सिजनमा यो दोस्रो हार हो । ६ खेलमा ६ अंक रहेको न्यूक्यसल लिगमा १५औं स्थानमा झरेको छ ।
