गार्डेन यूबा क्लबको अध्यक्षमा बिनोद निर्वाचित

पोखरा, १३ असार । पोखरा महानगर पालिका ११ स्थित गार्डेन यूबा क्लबको अध्यक्षमा बिनोद गुरुङ निर्वाचित भएका छन । संस्थाको हालै सम्पन्न अधिबेशनले बिनोदलाई अध्यक्ष सहित नयाँ कार्य समिती निर्वाचित गरेको हो ।

त्यसै गरि क्लबको अन्य पदाधिकारी तथा सदस्यहरुमा निर्वाचित भएका मध्ये उपाध्यक्षमा बिकास गुरुङ, सचिबमा सन्तोष कार्की, कोषाध्यक्षमा दिलिप गुरुङ रहेका छन ।

संस्थाको अन्य कार्य समिती सदस्यहरुमा अमृत गुरुङ, योगश गुरुङ, लोक बहादुर गुरुङ, राजेश भुजेल र गोबिन्द बहादुर भट्टराई रहेको क्लबले जनाएको छ ।

नवनिर्वाचित अध्यक्ष बिनोदले अब क्लबको बैठक चाँडै बसेर खेलकुद र अन्य सामाजिक कृयाकलापका गतिविधीहरु अगाडी बढाउने बताए । नवनिर्वाचित अध्यक्ष गुरुङ फुटसल संघका केन्द्रिय उपाध्यक्ष समेत हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close