
पोखरा स्पोर्ट्स । कास्की अन्तरविद्यालय खो खो प्रतियोगितामा छात्रतर्फ शहिद स्मृति मावि र छात्रातर्फ रामेश्वरी मावि विजयी भएका छन् ।
कास्की जिल्ला खोखो संघको आयोजनामा शनिबार अवेर गरी सम्पन्न प्रतियोगितामा उनीहरु विजयी बनेका हुन् । छात्रतर्फको फाइनल खेलमा शहिदले रामेश्वरी माविलाई पराजित गरेको हो ।
त्यस्तै, छात्रातर्फ रामेश्वरीले गौरी शंकर माविलाई फाइनलमा पराजित गरेको थियो ।
छात्रतर्फ गौरी शंकर मावि र छात्रातर्फ एक्स आर्मी पब्लिक स्कुलले तेस्रो स्थान प्राप्त गरेका छन् ।
अन्तर्राष्ट्रिय खो–खो महासंघको नियमनुसार सञ्चालन भएको प्रतियोगितामा छात्र÷छात्रा दुबैतर्फ बिजेता टिमले नगद १०–१० हजार, दोस्रोले ७–७ हजार तथा तेस्रो हुने टिमले ४–४ हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको गण्डकी खो खो संघका संस्थापक अध्यक्ष चित्र थापाले जानकारी दिए ।
समापन कार्यक्रम कास्की खो खो संघका अध्यक्ष विशालजङ कुँवरको अध्यक्षतामा भएको थियो ।
प्रतियोगितामा छात्रतर्फ १२ र छात्रातर्फ ८ गरी २० टिमको सहभागिता रहेको कास्की खो खोका सचिब दिवाकर पौडेलले बताए ।
