फुल कन्ट्याक्ट करातेमा मन्जु च्याम्पियन

पोखरा स्पोर्टस । नेपाल आर्मीकी मन्जु विक १७ औं राष्ट्रिय पुरुष तौलसमूह तथा १६ औं राष्ट्रिय महिला खुला तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगिताअन्तर्गत महिला खुला तौलसमूहमा सोमबार पहिलो भएकी छन् भने  पुरुष ७५ केजीमुनि आईकेकेएफका थमप्रकाश खड्काले स्वर्ण जितेका छन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको फाइनलमा मन्जुले सो क्योकुसिनकी शिवानी श्रेष्ठलाई पराजित गरिन् । केडब्लुडब्लुकी करिष्मा कार्की तेश्रो तथा आईकेकेएफकी चन्दाकुमारी भुजेल चौथो भए । पुरुष ७५ केजीमुनि आईकेकेएफका थमप्रकाश खड्काले फाइनलमा लुम्बिनी डोजोका दिलिप यादवलाई पाखा लगाए ।

नेपाल क्योकुसिन कराते डो संघ वज्रद्वारा आयोजित प्रतियोगिताको पुरुष ७५ केजीमाथि नेपाल आर्मीका सनीसिं सुनार पहिलो भए । उनले फाइनलमा आर्मीकै विकास गुरुङलाई हराए । केन्द्रीय डोजोका प्रेम तामाङ तेश्रो बने ।

पुरुष ७५ केजीमुनि क्योकुसिनमा सतल लामा तेश्रो तथा आर्मीका मनोज थपलिया चौथो स्थानमा रहे । पुरुष ६० केजीमुनि सो क्योकुसिनका सुजन पाख्रिनले फाइनलमा आर्मीका भुपेन्द्र वलीलाई पन्छ्याउदै शीर्ष स्थान हात पारे । आईकेएका संजेश तामाङ तेश्रो तथा केडब्लुडब्लुका होमबहादुर राई चौथो भए ।

विजेतालाई आयोजक संघका अध्यक्ष जगतप्रसाद गौचान, उपाध्यक्ष पुष्प मानन्धरलगायतले एक कार्यक्रमबीच नगद, ट्रफी, पदक, गिफ्ट ह्याम्पर र प्रमाण पत्र प्रदान गरे । दुईदिने प्रतियोगितामा आर्मी र सात प्रदेशबाट ८० पुरुष र ३५ महिला खेलाडी सहभागी थिए । पुरुषमा ३ तथा महिलामा १ स्पर्धामा प्रतिस्पर्धा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close