लिड्स युनाइटेडमाथि आर्सनलको फराकिलो जित

पोखरा स्पोर्ट्स । इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले लिड्स युनाइटेडमाथि फराकिलो जित हासिल गरेको छ ।

गएराती सम्पन खेलमा आर्सनलले लिड्स युनाइटेडमाथि ५० गोल अन्तरको जित हासिल गरेको हो ।

घरेलु मैदानमा आर्सनलको जितमा जुरिएन टिम्बर र विक्टर ग्योकेरेजले २२ गोल गरे भने बुकायो साकाले एक गोल गरेका थिए ।

यो आर्सनलको यस सिजनमा लगातार दोस्रो जित हो । त्यस्तै सिजनको पहिलो खेल जितेको लिड्स युनाइटेडले भने दोस्रो खेलमा हार बेहोरेको छ ।

त्यस्तै गएरातीनै सम्पन अन्य खेलमा ब्रेन्टफोर्डले एस्टन भिल्लालाई १० ले पराजित गर्यो भने बर्नलीले सन्डरल्याण्डलाई २० ले पराजित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close