
पोखरा स्पोर्टस । गण्डकी प्रदेश फुटबल संघले एन्फा महिला लिग र १३ वर्ष मुनीका (यू–१३) खेलाडीहरुको छनौटका लागि आह्वान गरेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) महिला लिग तथा एन्फाले सञ्चालन गर्न लागेको एन्फाका लागि यू–१३ छात्र/छात्रा लाई छनौट कार्यक्रममा सहभागिताका लागि आह्वान गरेको हो । संघका महासचिव बिनोद गुरुङका अनुसार एन्फा महिला लिगका लागि चैत्र ८ गते पोखरा रंगशालमा प्रदेशस्तरीय छनौट कार्यक्रम गरिएको छ ।
त्यसै गरी एन्फा एकेडेमीका लागि यू–१३ छात्र/छात्राहरुको छनौट चैत्र २४ गते पोखरा रंगशालामा नै गरिन लागिएको महासचिब गुरुङले जानकारी दिएका छन् ।
संघले गण्डकी प्रदेशका ११ वटै जिल्लाका इच्छुक महिला खेलाडी तथा यू–१३ का लागि सहभागिताका लागि आग्रह गरेको छ ।

